होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० फागुन। बढिगंगा नगरपालिका १ नम्मर वडाका स्थानिय बासीहरु बस्तीविस्तारको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका छन् । जिल्लाको साँफे मार्तडी सडक खण्ड अन्तरगतको अम्कोटको पहिरोले गर्दा अम्कोट बासीहरुको उठिबास भएको वर्षौ वित्दा पनि जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएपछि अम्कोट बासी प्रशासनमा आउन बाध्य भएको अम्कोटका स्थानीय लक्ष्मी पाध्यायले बताएका छन् । […]
स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने घोषणा भई सकेको छ । उम्मेदवार को बन्ने ? कस्तो बन्ने ? भन्ने बिषयमा चोकचोकमा कुराहरु चलिरहेका छन् भने सबै पार्टीले स्थानीय तहहरुमा प्रचार प्रसारका गतिविधि बढाईरहेका छन् । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, सम्बन्धित वडाको मतदाता नामावलीमा […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुरामा एकल महिलालाई बलत्कार गरी फरार रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ का नेत्र भन्ने नबराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस ९ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलत्कार गरेर फरार भएका थिए […]
नागरिक रैबार/बाजुरा ३० फागुन। नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको अध्यक्षमा शंकर चंदारा चयन भएका छन् । नेकपा एमाले निकट वग्रिय संगठन नेपाल जातीय मुक्ती समाज बाजुराको आईतबार सदरमुकाम मार्तडीमा भएको चौथो जिल्ला सम्मेलनबाट शंकर चंदारा अध्यक्ष रहने गरी ५१ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष पारुदेवी पारु बिक, सचिव गाैरी सार्की, काेषाध्यक्ष […]
नागरिक रैबार/बाजुरा २९ फागुन। नेपाली काँग्रेस बाजुराको चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरिएको छ ।घरघर जाऔं, काँग्रेसलाई जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी अभिायनको शुभारम्भ बडीमालिका नगरपालिकाको मार्तडीबाट गरिएको काँग्रेस बाजुराले जनाएको छ । नेपाली […]
बाजुराः बाजुराको बडिमालिकास्थित बुढीगंगा नदीमा पुल निर्माणको काममा ढिलाइ भएको छ। ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको बताइएको छ। ५० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० मा ठेक्का भएको थियो। ठेक्का पाएको काष्ठमाण्डौं मसिना जेभीको लापरवाहीका कारण अहिलेसम्म पुल निर्माण कार्य पूरा हुन नसकेको स्थानीयले बताएका छन्। चार करोड ४७ लाख लागतमा […]
नागरिक रैबार/बाजुरा २८ फागुन । बाजुरामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष काँग्रेस प्रवेश गरेका छन्। शनिबार बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा न १ का वडाध्यक्ष बीरबहादुर रावल काँग्रेस प्रवेश गरेका हुन्। उनले काँग्रेस नेता एवं गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका थ्रिए।
नागरिक रैबार/बाजुरा २८ फागुन । जिल्लाको सदुरमुकाम मार्तडी गुउडा डिल नजिकैको रोडमा ट्याक्टरले डक्कर एक महिला गम्भिर घाइते भएकि छन्। घाइते हुनेमा बडिमालिका–८ की अन्दाजी ३६ वर्षीय परु ऐडि रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक प्रकाश विकलाई नियन्त्रण लिएको छ । घाइते महिलाको खुट्टामा गम्भिर चोट लागेको […]
नागरिक रैबार/बाजुरा २७ फागुन । बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्री आर्थिक अभाबमा रोग पालिरहेकि छन् । २ बर्ष पहिला गंगालाल हृदय निवारण केन्द्रले मुटुको अप्रेशन गर्नुपर्ने बताएको भएपनि पैसा नहुदा मिना मृत्युलाइ कुरिरहेकी छन् । अस्पताले अप्रेसन नगर्दा सम्मका लागि खाने औषधि दिएको भएपनि पैसा नहुदा खाने औषधि छुटेको एक […]
केन्द्रीकृत शासन व्यवस्था अनुरुप विकासका नयनले उपत्यका नेतृत्वमा पहुँच भएको स्थान बाहेक अन्य काहीं देखेन। २०७२ असोज ३ गते संघीयता समाबेशिता सहितको नेपालको संविधान निर्माण पछि सिंगो मुलुक संघ,प्रदेश र स्थानीय निर्वाचनमा हुमियो। सर्वसाधारणको दैलोदैलोमा सिंहदरवार पुग्ने कुराले एक खालको हर्ष उल्लासमय छाएको थियोे । वि सं २०७४ मा स्थानीय निर्वाचनमा नेकपा एमालेले देशै भर […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको सदरमुकाम मार्तडीमा मोटर साईकलले ठक्कर दिदा एक बालिका घाइते भएकि छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका वडा नं. ८ का कर्णबहादुर रावलकि वर्ष ६ कि सम्झना रावल रहेकी छिन् । विहिबार साँझतिर सदरमुकाम मार्तडीबाट कोल्टी तर्फ जाँदै गरेको सुप्रप ०१००८ प ७५४६ नम्बरको मोटर साईकलले ठक्कर दिदा बालिका घाईते भएको […]
नागरिक रैबार/बाजुरा २६ फागुन । नेपाली काँग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डे गृह जिल्ला बाजुरामा आउने भएका छन् ।“घर घर जाँउ काँग्रेस जिताउ” भन्ने अभियान सहित सदरमुकाम मार्तडीमा यही फागुन २९ गते हुने चुनावी सभालाई सम्बोधन गर्न सह-महामन्त्री पाण्डे गृह जिल्लामा आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव ताल बहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार फागुन […]
नागरिक रैबार/बाजुरा २६ फागुन। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमी प्रालिले मार्तडीमा आयोजना गरेको महिला खुला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम भएको छ । “सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मुल नाराका साथ ११२औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितामा आयोजक क्रियटर जोन एकेडेमीसंग उत्कृष्ट खेल प्रर्दशन […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्लाको बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । नगर भित्रका ६० देखि ७० वर्ष माथि पुगेका ३० जना जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरिएको नगर उपप्रमुख श्रृष्टि रेग्मी बताएकि छन् । नगरपालिकाले आज एक कार्यक्रमका विच जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको हो । […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्ला प्रहरी कार्यालय बाजुराले आर्थिक वर्ष २०७८/७९ मा सवारी साधान कारवाहीबाट रु ७ लाख ३६ हजार ५ सय राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको आठ महिनाको अवधी भित्र सवारी नियमको उलघंन गर्ने सवारी साधानलाई कारवाही गरी ७ लाख ३६ हजार ५ सय बढि रावस्व संकलन भएको जिल्ला प्रहरी […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
नागरिक रैबार/बाजुरा २२ फागुन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) बाजुरा- कैलाली सम्पर्क मंचको अध्यक्षमा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । आज धनगढीमा भएको अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको भेलाले रावल अध्यक्षमा रहने गरी २१ सदस्यीय सम्पर्क मंच चयन गरेको हो । जसमा उपाध्यक्ष अनिल नेपाली, सचिव नन्द बहादुर रावत, सहसचिव देवेन्द्र धामी, भोवेन्द्र […]
नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले नगर भित्र बसोबास गरी पत्रकारितामा क्रियाशिल रहेका पत्रकारहरुको सामुहिक दुर्घटना विमा गरिदिने भएको छ । पत्रकारहरुको पेशागत संमेदनशीलतालाई मध्येनजर गरी पत्रकारहरुको पेशागत सुरक्षाका लागि नगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०७८/८९ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकामा स्थायी ठेगाना भई प्रेस काउन्सीलबाट परिचय पत्र प्राप्त पत्रकारहरुको सामुहिक दुर्घटना विमा […]
राजेन्द्र बिक बाजुरा २१ फागुन।बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ र त्रिवेणि नगरपालिका वडा नम्बर ९ पैमामा संचालित मनागाड लघु जलविद्युत परियोजनाको तेस्रो साधारण सभा शुरु भएको छ।परियोजनाका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा बडिमालिका नगरपालिका -५मनामा संचालन भएको साधारण सभाको प्रमुख अतिथि बडिमालिका नगरपालिकाकि उपप्रमुख कबिता बिष्ट रहनु भएको थियो भने बिशिस्ट अतिथि बडिमालिका -५का वडा […]
नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराको बडिमालिका नगरपालिकामा रहेको कपल्टा विमान स्थलको डिपिआर र सर्भे एक महिना भित्र सुरु हुने भएको छ । सुक्रबार बाजुराका निर्वतमान पाटी सभापती कविराज पण्डित र पुर्व सविधान सभा सदस्य तथा माननिय महानेपाली र महाधिवेशन प्रतिनिधी तथा प्रदेश समितीका सदस्य पदम बहादुर शाही लगाएतका नेताहरुको भेटघाटका क्रममा संस्कृति पर्यटन तथा नागरिक […]