होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि
स्वामीकार्तिक

बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि

  • नागरिक रैबार
बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि

बाजुरा: बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ। ती मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को तथ्याङकमा रहेको छ।

२०६८ सालमा बाजुराको जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेको थियो। २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला ७१ हजार ३ सय ९० र पुरुष ६७ हजार ६ सय ८ रहेको छ। बाजुरामा पुरुष भन्दा महिला ३ हजार ७ सय ८२ जना बढी देखाइएको छ।

जनसंख्या वृद्धिसँगै गरिबीको रेखामुनि रहने जनसंख्या पनि बढ्दै गएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख जोशी बताउँछन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार