होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीमा आजबाट २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
समाचार

हिमालीमा आजबाट २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

  • नागरिक रैबार
हिमालीमा आजबाट २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको हिमाली गाउँपालिकामा पनि आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।जिल्ला अस्पताल बाजुराको सयुक्त आयोजनामा हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो ।

May be an image of 3 people and people standing

दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन आजबाट गाउँपालिकाको धुलाचौरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

विज्ञापन

May be an image of 4 people, people sitting and people standing

आजबाट सूरु भएको शिविरमा आज पहिलो दिन ४६९ जनाले सेवा लिएका छन् । जसमा १ सय १० विरामीले भिडियो एक्सरे सेवा ३१ जनाले दन्त सेवा, ६९ जनाले पोषण सेवा र अन्यले स्वास्थ्य चेकजांच र औषधि उपचार सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् ।

May be an image of 2 people, people sitting and indoor

दुईदिन सम्म संचालन गरिने निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण निःशुल्क औषधि, भिडियो एक्सरे, अपांगता परीक्षण, कुपोषण सम्बन्धी चेकजाँच र उपचार, डेण्टल लगायतका सेवाहरु दिईने भएको छ । आजबाट बुढीगंगा नगरपालिकामा पनि ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

May be an image of 13 people and road

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै