होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
समाचार

बुढीगंगामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

  • नागरिक रैबार
बुढीगंगामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शसत्र प्रहरी बल नेपालको आयोजना र महान्याधिवक्ताको कार्यालय काठमाण्डौंको सहयोगमा उक्त शिविर आजबाट बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको हो ।

May be an image of 9 people, people standing and outdoors

शिविरको एक कार्यक्रमका विच महान्याधिवक्ता खम्मबहादुर खातिले उद्धघाटन् गरेका हुन् । आजबाट ३ दिनसम्म संचालन हुने शिविरमा हाडजोर्नी, प्रसुति सेवा स्त्री रोग नसा सम्वन्धि रोगको शसत्र प्रहरी बलका विशेषज्ञ डाक्टरहरूद्धारा उपचार गरिने बुढीगंगा नगरपालिकाले जनाएको छ ।

विज्ञापन

  May be an image of 2 people, people standing and outdoors
जिल्लाको उत्तरी क्षेत्र बुढीगंगा, त्रिवेणी, बडीमालिका नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकाका नागरिकहरूको स्वास्थ्य समस्यालाई मध्येनजर गरेर टाँटे स्वास्थ्य चौकीमा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बुढीगंगा नगरपालिकाले जनाएको छ ।

बढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको अध्यक्षतामा संचालन भएको शिविरको प्रमुख अतिथि नेपाल सरकारका कानुनी सल्लाहाकार महान्यायाधिबक्ता माननीय खम्मबहादुर खाती रहनुभएको थियो ।

कार्यक्रममा बुढीगंगा नगरपालिका नगर उप–प्रमुख तारा खाती, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल लगायतको सहभागीता रहेको थियो । टाँटे स्वास्थ्य चौकीका बिष्णु जोशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तब्य बुढीगंगा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कल्पना ठगुन्नाले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार