होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २ पुस । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले आज ४ बजे देखि बाजुरामा अनिश्चितकालका लागि यातायात सेवा बन्द गर्ने भएकाे छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई १ महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ गर्न नसकि चरम लापरबाही गरेकाेले यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्न लागेकाे अनेरास्ववियुका सचिवालय […]
नागरिक रैबार/बाजुरा २ पुस।बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना जिल्लाबाट बाहिरिएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन, किर्डाकको प्राविधिक सहयोगमा संचालित उक्त परियोजनाको हिजाेबाट ३ वर्ष पुरा गरि बाहिरिएको हो । बाजुराका ५ वटा पालिकामा सन २०२० देखि २०२२ सम्म ३ वर्षका लागि संचालित रहेको […]
नागरिक रैबार/बाजुरा १ पुस।गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन बाजुराकाे त्रिवेणी नगरपालिका ७ मा अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ । चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई १ महिना वित्न लाग्दा समेत पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियु बाजुराले आज जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा १ पुस। बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले […]
नागरिक रैबार/बाजुरा १ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको १३ औं कार्यपालिकाको बैठक सम्पन्न भएको छ । हिजो पालिकामा बसेको कार्यपालिकाको १३ औं बैठकले विभिन्न १३ वटा निणर्यहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो । यस्ता छन् निर्णयहरु: १. साँफे मार्तडी सडक खण्डकाे जडाङ्गामा रहेकाे बेलिब्रिज हाल जडाङ्गामा पक्कि पुल बनी सकेकोले साे बेलिब्रिज बर्षादकाे समयमा साेहि […]
नागरिक रैबार बाजुरा १ पाैष । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ । बुढिनन्दा नगरपालिकाको आयोजनामा आजबाट काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त तथा स्त्रीरोग सम्बन्धि २ दिने निशुल्क स्वास्थ शिविर संचालन भएकाे हाे । शिविरमा अत्यावश्यक प्रस्तुति सेवा समेत दिने भएकाे छ । शिविरकाे […]
नागरिक रैबार बाजुरा २९ मंसिर बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा सुचारु भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र बुढीनन्दा नगरपालिकाको सहयोगमा सेवा सुचारु गरिएको हाे । स्वास्थ्य केन्द्रमा स्त्री रोग बिशेषज्ञ डाक्टर सोनाम गुरुङ र ओटी नर्स भगवती रावल मार्फत सेवा सुचारु भएकाे हो । बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन भएपछि कोल्टी […]
नागरिक रैबार बाजुरा २८ मंसिर नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १६ औ वार्षिक साधारण सभा सूरू भएकाे छ । प्रेश स्वतन्त्रताकाे आधार: सुरक्षित र व्यवसायीक पत्रकार भन्ने मुल नाराका साथ महासंघकाे १६ औ वार्षिक साधारणसभा मार्तडीमा सूरू भएकाे हाे । जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाकाे प्रमुख आतिथ्यतामा सूरू भएकाे साधारणसभा सभामा बुढिगंगा नगरपालिकाका […]
मिति २०७९ साल मंसिर २६ गते बसेको बुढीगंगा नगरपालिकाको पाँचौँ बैठकबाट पारित गरिएका निर्णयहरु • यस नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरु प्रभावकारी रुपले सहज र सरल बनाउनका लागि आवश्यक कर्मचारीको ब्यवस्थापन गर्ने र विज्ञापन भएका पदहरुको परिक्षा संचालन गरि पदपुर्ती गर्ने । • नगरपालिका भित्र रहेका नदिजन्य पदार्थहरु व्यवस्थित रुपले प्रयोग तथा विक्री वितरण गर्न […]
नागरिक रैबार/बाजुरा। बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नं.१ मुक्तिकोटकि एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । १८ वर्षीय पवित्रा कडारालार्ई हेलिकप्टर मार्फत मार्फत उद्धार गरिएको हाे । पवित्रा कडारालाई सुत्केरी बेथा लागेपछी मंसिर २५ गते सामुदायिक इकाई स्वास्थ्य केन्द्र फयालगाँउमा ल्याएर भर्ना गरिएको थियो । तर उक्त स्वास्थ्य इकाई केन्द्रमा पवित्रा कडारा सुरक्षित प्रसूती गराउन […]
नागरिक रैबार/बाजुरा २७ मंसिर।जिल्लाकाे बुढिगंगा नगरपालिका वडा नम्बर १० मा रहेकाे सिंगाडा माद्यामिक विद्यालयलाई छात्रामैत्री शाैचालय हस्तान्तरण गरिएकाे छ । काेईकाकाे र गुड नेवर्स ईन्टरनेसनलका आर्थिक सहयोगमा किर्डाक र पिसविन बाजुराकाे साझेदारीमा संचालित स्वास्थ्य अधिकार सुधार परियाेजनाद्वारा निर्माण गरिएकाे छात्रामैत्री शाैचालय एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको हाे । विद्यालयमा अध्ययनरत छात्राहरूलाई महिनावारी भएकाे बेला […]
बाजुरा २६ मंसिर नेपाल बिधुत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दि गरिएको छ । गएकाे साउन २६ गते करेन्ट लागेर मृत्यु भएका बडीमालिका ८ का भक्त रावलका आफन्तले सम्झौता अनुसारको क्षतिपुर्ति नदिएकाे भन्दै तालाबन्दि गरेका हुन् । साउन २६ गते प्राधिकरणका कर्मचारी भक्त रावल बिद्युक्त लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । जिल्ला […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। नेपाली काँग्रेस बाजुराकी नेतृ जुना दानी सुदूरपश्चिम प्रदेश सभामा खस आर्य तर्फको महिला कोटाबाट समानुपातिक सांसद बनेकी छन् । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको आज बसेको बैठकले बाजुराकी काँग्रेस नेतृ जुना दानीलाई प्रदेश सभा समानुपातिक सांसद बनाएको हो । को के र कहाँबाट ? थारुः गिता कुमारी चौधरीः कञ्चनपुर क्षेत्र नम्बर […]
नेकपा एमालेको आज बसेको बैठकले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेसंगै खसआर्य तर्फबाट बाजुराबाट नेकपा एमालेका केन्द्रिय सदस्य दयालबहादुर शाही समानुपातिक सांसदको सुचिमा परेका हुन् । यी हुन एमालेले निर्वाचन […]
मदन विक/बाजुरा २४ मंसिर। बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बनेको पाईएको छ । बाजुराका ३ नगरपालिका सहित २ गाउँपालिका गरी पाँच पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरुको स्वास्थ्य र अधिकारमा अभिवृद्धि गर्ने उद्देश्यले लागु भएको थियो । परियोजनाले ३ वर्षको अवधिमा पालिका स्तरका विद्यालयहरुमा […]
नागरिक रैबार। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ३ मा रहेको चोयाकोट मावि तीन तारे विद्यालयको रुपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका सूचक पुरा गरेपछि विद्यालयलाई तीन तारे विद्यालयका रुपमा घोषणा गरिएको हो । चोयाकोट माविलाई तीन तारे विद्यालयको रुपमा औपचारिक कार्यक्रमका बीच नगर प्रमुख अमर खड्काले घोषणा गरेका हुन् । बडीमालिका नगरपालिका […]
राजेन्द्र विक/बाजुरा २२मंसिर।जनयुद्धकालमा एक दर्जन भन्दा बढिको संख्यामा बलिदानी गरेको बाजुरा माओवादी पार्टी सत्तामा गएदेखिनै उपेक्षामा परेको पाइएको छ।एमाले र कांग्रेसको दबदवा रहेको बाजुरामा करिब ३५सयको हाराहारीमा सक्रिय संगठित सदस्य बनाएको माओवादी केन्द्रलाइ केन्द्र पार्टिले नै बारम्बार उपेक्षामा राखिरहेको कार्यकर्ता हरुको आरोप छ।०६४र०७०मा पार्टीको देशभर सन्तोषजनक मत आएकै कारण बाध्यताले क्रमश :डबल शाह र कर्णबहादुर […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुरामा बद्रि पाण्डेले जनताको जनमतबाट नभई गुण्डागर्दीबाट बुथ कव्जा गरेर चुनाव जितेकाे आराेप लगाएका छन् । साेमबार केपि बा स्पाेर्ट्स क्लव बाजुराले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै थापाले भने पाण्डेले बाजुरामा चुनाव जित्नकै लागि राज्य शक्तिकाे चरम दूरूपयाेग समेत गरेर चुनाव जितेकाे आराेप लगाएका […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुरामा समानुपातिक तर्फको मतगणना सूरू भएकाे छ । हिजाेमात्रै प्रतिनिधि सभा र प्रदेश सभाकाे प्रत्येक्ष तर्फकाे मतगणना सम्पन्न भएकाे थियाे । आज विहान सातबजेबाट प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना कार्य प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले बताएको छ । […]
यतिबेला नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी बाजुरा प्रदेश क मा नेपाली काँग्रेसको बुँई चढेर चुनाव जिती विजय उत्सवको जस्म मनाई रहेको छ । खासै काँग्रेसलाई त भन्दिन । बाजुरा जिल्लामा उसको आफ्नै विरासत र स्वअस्तित्व छ । एमालेको पनि रवाफ दवदवा उहीँ हो । कोही कम छैनन । यिनको विगत हेरे, सबैलाई थाहा भएकै […]