होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २२, २०७९
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीराेग विशेषज्ञ सेवा सूरू
बाजुरा बिशेष

काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीराेग विशेषज्ञ सेवा सूरू

  • नागरिक रैबार
काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीराेग विशेषज्ञ सेवा सूरू

नागरिक रैबार
बाजुरा २९ मंसिर
बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा सुचारु भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र बुढीनन्दा नगरपालिकाको सहयोगमा सेवा सुचारु गरिएको हाे ।
स्वास्थ्य केन्द्रमा स्त्री रोग बिशेषज्ञ डाक्टर सोनाम गुरुङ र ओटी नर्स भगवती रावल मार्फत सेवा सुचारु भएकाे हो ।  बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन भएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा पनि सञ्चालनमा ल्याउने नगरप्रमुख जनक बोहोराले बताएका छन् ।
स्त्री रोग बिशेषज्ञ सेवा दिन कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आएर पहिलो पटक सेवा सुचारु भएको स्थानिय केशब बोहराले वताएका छन् । चिकित्सक ब्यबस्थापनका लागि लाम्रो प्रयास पछि स्वास्थ्य केन्द्रमा ल्याएको नगरपालिकाले जनाएको छ ।
स्त्री रोग बिशेषज्ञको ब्यबस्थापन सँगै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना मेडिकल अधिकृत रहेका छन् ।
सोनाम गुरुङ स्त्री रोग बिशेषत्र चिकित्सक हुन् । डा. आशा शाही र डा. चेत बहादुर धामी मेडिकल अधिकृत हुन् । शाही र धामी मन्त्रालयको करार रहेका छन् । चिकित्सक ब्यबस्थापन सँगै अन्य भौतिक पुर्वाधार पनि तयार गरिरहेको छौ, चाडै गुणस्तरीय सेवा प्रदान गर्ने योजनामा रहेको नगरप्रमुख बोहराले वताएका छन्।
बिगतमा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिर नेपालगञ्ज जानु परेको थियो । अर्को मार्तडी कोल्टि सडक बर्षात अबरुद्ध हुँदा समदरमुकाम मार्तडी लगायत अन्य ठाँउमा बिरामी लिन निकै समस्या हुने गरेको थियो ।
काेल्टीमा अवदेखि विशेषज्ञ सहितकाे सेवा सूचारू भएपछि बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सहज हुने भएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार