होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल विद्युत प्राधिकरणकाे बाजुरा वितरण केन्द्रमा तालाबन्दी
समाचार

नेपाल विद्युत प्राधिकरणकाे बाजुरा वितरण केन्द्रमा तालाबन्दी

  • नागरिक रैबार
नेपाल विद्युत प्राधिकरणकाे बाजुरा वितरण केन्द्रमा तालाबन्दी

बाजुरा २६ मंसिर
नेपाल बिधुत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दि गरिएको छ । गएकाे साउन २६ गते करेन्ट लागेर मृत्यु भएका बडीमालिका ८ का भक्त रावलका आफन्तले सम्झौता अनुसारको क्षतिपुर्ति नदिएकाे भन्दै तालाबन्दि गरेका हुन् ।
साउन २६ गते प्राधिकरणका कर्मचारी भक्त रावल बिद्युक्त लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वदलिय बैठकले श्रीमतीलाई करारमा जागिर खुवाउने र ५ लाख क्षतिपुर्ति दिने सहमति भएको थियो ।
सहमति अनुसार क्षतिपुर्ति र जागिर नपाएको भन्दै कार्यलयमा आएर तालाबन्दि गरेको मृतकका बुवा मन्नाम रावलले वताएका छन् । पहिला करारमा जागिर खुवाउने र ५ लाख दिने दुबै सहमति भएको अहिले कार्यलयले कि क्षतिपुर्ति कि जागिर मात्र दिने कार्यलयले वताएको छ ।
बाजुरा वितरण केन्द्रका प्रमुख ललित मण्डलका अनुसार जिल्लामा सर्वपक्षिय बैठकले ५ लाख नगद र करारमा जाखिर दिने सहमति गरेको थियो । तर केन्द्रमा राहतका लागि पहल गर्दा कुनै एक मात्र रोज्न पिडित परिवारलाइ भनेका थियौ । पिडितले तालाबन्दि गरेकोले हामीले केन्द्रिय कार्यलयमा समन्वय गरिरहेको वताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार