होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • हरियो रूखको टुप्पोमा एसले लाल झण्डा फरफराउँदा…
विचार/ब्लग

हरियो रूखको टुप्पोमा एसले लाल झण्डा फरफराउँदा…

  • नागरिक रैबार
हरियो रूखको टुप्पोमा एसले लाल झण्डा फरफराउँदा…

यतिबेला नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी बाजुरा प्रदेश क मा नेपाली काँग्रेसको बुँई चढेर चुनाव जिती विजय उत्सवको जस्म मनाई रहेको छ ।

खासै काँग्रेसलाई त भन्दिन । बाजुरा जिल्लामा उसको आफ्नै विरासत र स्वअस्तित्व छ । एमालेको पनि रवाफ दवदवा उहीँ हो । कोही कम छैनन । यिनको विगत हेरे, सबैलाई थाहा भएकै कुरा छ । मंसिर ४ को यो चुनाव अलिकति प्राविधिक तथा अंक गणितीय खेलका कारण कोही अगाडि पछाडि हुनु कुनै केही विछट्टै उप्रध्याई हुँदै होइन । तर, अहिले त्यतापट्टी भन्दापनि भर्खरै जो पार्टी फुटको असंगठित वातावरणमा छ । जाे अनपेक्षित विजय उत्सवको रङ्गिन माहोलमा छरपस्ट भएको छ । यस आलेखमा उसै नेकपा (एस) को कुरा गर्न खोजिएको छ, जहाँसम्म यसलाई यो बेला धेरै भन्न जरुरी छैन । बाँकी कुरा पछिपछि क्रमशः सविस्तार गर्दै गरौँला ।

सुरुमा हरियो रूखको टुप्पोमा नेकपा (एस)ले लाल झण्डा फरफराइ रहेको अवसरमा विजेतालाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ ! विजेताको कार्यकाल जनमैत्री बनोस् । अँझ थप्दै सत्तारूढ भाषामा भन्दा “जय काँ एस, जय नरेश !“ यसरी भन्दै गर्दा विच्चैमा कमरेडेली शैले देखाएर अभिवादन भनौँ भने खल्लो मान्लान्, ग्रिन ट्रिहरू र सूर्यद्योजा वाहक द- लाल झण्डेवालाहरूले । त्यसैले यहाँ क्रान्तिकारी संग्राम्य अभिवादन भनिन है माननीय तथा एस पार्टीका नेता जीहरू ! तपाईंहरूको यो खुशीको क्षणमा निराश नहुनु होला ! बरू, माफ गर्नुस् है ! यत्ति बधाई छ भन्नपनि यति ढिलो गर्यो, प्रेम कमरेडले भनेर । यो क्षणमा सबले तपाईंलाई फिजिकल्ली भेटघाट तथा सामाजिक सञ्जाल टेलिफोन लगाएतमा बधाई तथा शुभकामनाका ओईराका ओईरा दिरहेका छन । यस बखत मेरा खासै मागयुक्त गोप्य कुरा पनि केही छैनन् । केही लुकाई न चुकाई । यहीँनेर हिन्दी भाषामा  प्रखर मुक्तिबोधका ‘पार्टनर, तुम्हारी पोलिटिक्स क्या है ?’ भन्ने वाक्यांश सत्तासीन र शक्तिशालीसामु उठाउने खरो प्रश्न हो यो । भारतमा आजभन्दा ६ दशकअघि उठाइएको यो सवाल अहिले आएर नेपालको एसमा झन् बेसी जवाफको खोजीमा भएरै हो कि क्या हो ? त्यसैले मलाई तपाईहरुलाई याे प्रश्न तेस्रा रहँदा कसो न कसो भयो ,भन्या ! तपाईंलाई जय नेपाल भन्ने कि लाल सलाम भन्ने ? यो बडा कन्फ्युज भएर हो । यसो मोबाईल समाएर मुखमा ठ्याक्कै भन्ने शब्दै आएन । जे जसो यथास्थितिमा अलि ढिलै भएपनि कुरा मिलाएर बुझ्नुस् ।

विज्ञापन

फेरिपनि हार्दिक हार्दिक बधाई तथा नवीन कार्यकालको शुभकामना !

कहीँ न कहीँ मोडमा त तपाईं हाम्रो भेट भैहाल्छ । समाजवादी यात्रामा छौँ नि जो । तर, यहाँ केही कुरा पाठकहरूलाई साक्षी राखी उहाँहरूको समय बर्बाद नहुने गरी थोरै शुभकामना पत्र स्वरूप केही कुरा लेख्ने अनुमति माग्छु । दिनुस् । है त !

सत्य कुरा भन्नपर्दा (क) बाजुरामा त्यहाँका कमरेडहरूको आ- आफ्नै स्वार्थयुक्त काँग्रेसको रूखमाथि चढेर लाल झण्डा फरफराउनु थियो । प्रतिद्वन्द्वीलाइ उछिन्दै त्यो एसले फरफरायो । कुरा यत्ति हो कि; यतिबेला ओली कम्पनीमा साहेद हिँउद लागेकाले हो कि ? जताततै राम्रोसँग पारिलो घाम लाग्न पाएन । ओरालिँदै गएको प्रचण्ड पथले आँसी हथौड़ासहितको लाल झण्डा कर्णालीकाे चिसोपानीमा रूझाई दियो । विचरा ! उसै चम्णीयो । कमरेडहरूको लाल झण्डा । रूणो पिणो केही नमानी माधव नेपालको राईट हेण्डको कलममा भने पुरै हरियो मसी भरियो ।

क बाजुरामा के हो यो नतिजा त बडा डेञ्जर आयो, इतिहासै लेख्यो त कलमले ? विश्वस्त श्रोतसित आज विहानै जवाफ माग्दै गर्दा उहाँले भन्नू भयो – अनि लगभग तीन करोड खर्च गरेको कलम नलेखोस्त इतिहास खरक्क । सरक्कै हाले; एक छापे भोट । त्यसैले फररर हरियो रूखमाथि लाल झण्डा फरफरायो । नत्र सूर्य चम्कीन्थ्यो । गाँठबन्धन भएको भए आँसी र हथौडा सहितको लाल झण्डा माओवादी हल्लाउँथ्यो । “मंसिर चार सन ड्याँ “ आईतबार हो नि १८ गते भनि जिज्ञासा राखे उहाँसित । उसै ल्याँ ल्याँ … हि हि गरि फोन म्यासेज अफ लाईन हुनभयो ।

तर, यहाँ कुरो उहाँकाे बडा भावावेशमा थियो । नाम नभनौँ उहाँको । ठ्याक्कै तिथिमिति त विर्सी हाले । यो कुराले लाखौको बोल्ने कलमका बारेमा यदाकदा पहिलेपहिले बनपातिर सुनेको थिए । सोही यादले चाहिँ दिमागमा निक्कै एक फन्को मार्यो । एसको लगभग तीन करोड खर्चिएर कलम आएको उहाँको कुराले झ्याम्म रन्थन्यायाे ।

यहीँबेला मेरो दिमागले महासचिव क. आहुतीले कुनै बेला कान्तिपुर पत्रिकामा लेखेको कुराले पनि ठ्याक्कै सम्झिने मौका पायो । उहाँले लेखेका थिए । यो दलाल पुँजीवादी संसदीय निर्वाचन उत्पीडित सर्वहारा वर्गको उन्मुक्तिका लागि हुँदै होइन । यसले त सिरफ पुँजीपति वर्गलाई आफ्नो पक्षधर नेता यानिकी एजेन्ट बनाउनमात्र खाेज्छ । जो शीत लाखौं खर्च गर्ने हैसियत छ उ वडाध्यक्ष या मेयर बन्न सक्छ । अनि करोडौं खर्च गर्न सक्ने मान्छेमात्र माननीय सांसद बन्न सक्छ । यो दलाल संसदीय व्यवस्थामा तीनै प्रतिनिधिमार्फत आफ्नो दलाली गराउँछ । हो रै छ भन्ने भयो यो उहाँको कुरा । किनकि पुष्टि भयो नि यहाँ आएर ।

हुन त दलाल संसदीय व्यवस्थामा हुने यति हो । सबै थाहा भएकै कुरा हो । परिवर्तनशिल क्रान्तिकारी याेद्वाहरुले यो दलाल संसदीय चुनाव बहिस्कारका लागि सडकबाट आवाज उठाइरहँदा पनि यहीँ दलाल पुँजीवादी संसदीय व्यवस्थालाई थाँक्रो दिने गरी मंसिर ४ को औपचारिक चुनावमार्फत संसदीय दलका प्रतिनिधि छान्न बाजुरा जिल्ला प्रदेश क ख मा गरी बाहुन, क्षेत्री, ठकुरी, महिला अनि उत्पीडित दलित समुदायसमेतबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको थियो । यो चुनावले आखिर संसद्मा पहुँच पुग्नेवाला वर्गीय भिड पारेरै छोड्यो । जसको लाईनको पहिलो पङ्गत्तिमा उनैलाई उभ्यायो, जो उच्च वर्गीय थिए । यो प्रतिनिधि मुलक दलीय व्यवस्थाले पाँच वर्षका लागि रङ्गिन हुने अवसर सिरफ उहाँहरूलाई नै दियो ।

नेपालको संविधानले उठाउन खोजेको उत्पीडित वर्ग यो चुनावबाट फेरि कहिल्यै नउठ्ने गरि थाला पर्यो । जात व्यवस्थाले निर्माण गरेको राज्य सत्तामा घुमीफेरि उहीँ कथित उपल्लो वर्गका पुगे । उदाहरण पनि हो यो । सदियौँदेखि बाजुराका उत्पीडित सर्वहारा रैथाने निमुखा वर्ग सिरफ भोटर भोटरमै सिमित रहे । त्यो पनि आफुखुशी मताधिकार प्रयोग गर्न पाएनन, कुनैकुनै ठाउँ त । तीनकै नेता तथा कार्यकर्ताले साम दाम दण्ड भेद प्रयोग गरेर चुनावी नतिजा हातमा लिए । भनौँ भने चित्त दुखाई त कति छ कति ? तर, ठीकै छ ! यतिखेर उहाँहरूलाई बधाई नै भन्छु । फेरिपनि सबै विजेतालाई हार्दिक बधाई तथा नवीन कार्यकालको शुभकामना !

यद्यपि अन्तमा पुनः बाजुराली क का जनताको रोग, भोक, शोक, गरिवी, दमन शोषण, हत्या हिँसा, अन्याय अत्याचार, जातीय भेदभाव, स्वास्थ, शिक्षा, सडक, यातायात, दूरसञ्चार लगाएत यावत समस्याहरू ज्युँका त्युँ छन । तिनलाई छिचोल्दै यहाँका कयौं संभावना र अवसरलाई कोल्टो फर्काउन तपाईं जत्तिका कलमवीरको जिम्मा लगाएको छ, यो व्यवस्थाले । अब तपाईंको हातमा कलम छ । काँधमा जिम्मेवारी छ । रूखको सितल छहारी मिलेको छ । मलाई लाग्छ । अब तपाईं जस्तो युवा पीडीमार्फत कोल्टी क्षेत्रबासीहरूले केही हदसम्म भएपनि कोल्टो अवश्य फेर्नेछ । यहीँ विश्वास तल्लो भेगमा पनि राख्छु ।
लाल अभिवादनसहित हार्दिक शुभकामना !

लेखकः प्रेमबहादुर विक वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी – नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार