होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • बाजुरामा स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बन्यो
गौमुल

बाजुरामा स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बन्यो

  • नागरिक रैबार
बाजुरामा स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बन्यो

मदन विक/बाजुरा २४ मंसिर। बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बनेको पाईएको छ ।

बाजुराका ३ नगरपालिका सहित २ गाउँपालिका गरी पाँच पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरुको स्वास्थ्य र अधिकारमा अभिवृद्धि गर्ने उद्देश्यले लागु भएको थियो ।

परियोजनाले ३ वर्षको अवधिमा पालिका स्तरका विद्यालयहरुमा अध्ययनरत महिनावारी किशोरीहरुको व्यवस्थापन र महिलाहरुको स्वास्थ्यका क्षेत्रमा ठुलो सहयोग गरेको छ ।

विज्ञापन

कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन, किर्डाकको प्राविधिक सहयोगमा संचालित उक्त परियोजना बाजुराको खप्तड क्षेडेदह, गौमुल, बडीमालिका, त्रिवेणी र बुढीगंगा नगरपालिकामा प्रभावकारी बनेको पालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।

परियोजना लागु भएका ५ वटै पालिकामा परियोजनाले ३ वर्षमा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरूको स्वास्थ्य अधिकारमा अभिवृद्धि गर्नुका साथै विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापनमा सुधार गरेको स्वास्थ्य अधिकार सुधार परियोजनाका जिल्ला संयोजक देवेन्द्र शाहले बताएका छन् ।

पाँच वटै पालिकामा ३ वर्षमा परियोजनाले गरेका क्रियाकलापहरुलाई थप प्रभावकारी बनाई आगामी दिनमा पालिकाहरुले नै पहल गरेर अगाडी बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

No description available.

परियोजनाले विशेष गरी विद्यालयमा अध्ययनरत महिनावारी किशोरीहरुको सुविधाका लागि विद्यालयमै प्रविधिमैत्री शौचालय निर्माण गरेपछि महिनावारी भएको बेला समेत किशोरीहरुलाई नियमित विद्यालयमा जान सहज भएको गौमुल गाउँपालिकाकी किशोरी रमना रोकायाले बताईन् ।

No description available.

३ वर्षमा परियोजनाले महिनावारी सम्बन्धी समाजमा भेदभाव न्यूनीकरण गरी समुदायको चेतनामा अभिवृद्धि गर्नुका साथै महिनावारी किशोरीहरुको व्यवहारमा समेत परिर्वतन भएको परियोजनाले पालिकाहरुमा आयोजना गरेको कार्यशाला गोष्ठीमा  जनप्रतिनिधिहरुले बताएका छन् ।

No description available.

परियोजनाले बुढिगंगा, त्रिवेणी, बडीमालिका, खप्तड क्षेडेदह र गौमुल गाउँपालिकामा गरेको पालिका स्तरीय मर्यादित महिनावारी दिगोपना कार्यशाला गोष्ठीमा सहभागि भई त्यहाँका जनप्रतिनिधीहरुले मर्यादित महिनावारीको जिम्मेवारीका लागि पालिकाले नै आगामी दिनमा कार्यबिधी नै बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । परियोजना यहि डिसेम्वरबाट सकिदैछ । परियोजना सकिएपनि यस संस्थासंग पुन: सहकार्य गर्दै अगाडि बढ्ने जनप्रतिनिधिहरुको भनाई छ ।

No description available.

महिनाबारीलाई मर्यादित महिनाबारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा अव स्थानिय तहबाटै त्यसको समाधानका लागि पहल गर्ने गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् ।

No description available.

समुदायमा रहेका बालबालिका र उनिहरुका परिवार तथा समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ गुड नेवर्स इन्टरनेश्नले बाजुराका ५ पालिकाका बिद्यालय र समुदाय स्तरमा ३ वर्षदेखि काम गरेको परियोजनाका जनस्वास्थ्य अधिकृत महेश जोशीले बताएका छन ।

परियोजनाले ५ वटै पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत महिला तथा किशोरीहरुको स्वास्थ्य अधिकारमा सुधार ल्याउन भौतिक संरचना निर्माण, स्वच्छता सामाग्री वितरण, महिनावारी स्वच्छता व्यवस्थापन शिक्षा लगायत महत्वपूणर् क्रियाकलापहरु संचालन गरि पालिकाहरुको विकासमा ठुलो सहयोग पर्याएको देखिन्छ ।

No description available.

३ वर्षको अवधिमा ५ वटै पालिका गरिएका सवै क्रियाकलापहरुको व्यवस्थापनका लागि करिव २१ करोड बढी रकम खर्च गरेको परियोजनाले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार