होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • चेतन हत्याका दोषीलाई पक्राउ गर्न अनेरास्ववियुको माग
त्रिवेणी

चेतन हत्याका दोषीलाई पक्राउ गर्न अनेरास्ववियुको माग

  • नागरिक रैबार
चेतन हत्याका दोषीलाई पक्राउ गर्न अनेरास्ववियुको माग

नागरिक रैबार/बाजुरा १ पुस।गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन बाजुराकाे त्रिवेणी नगरपालिका ७ मा अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ ।

चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई १ महिना वित्न लाग्दा समेत पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियु बाजुराले आज जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रेस विज्ञप्ति मार्फत दोषीहरुलाई पक्राउ गरी कारवाही गर्न माग गरेको हो ।

चेतनको विभत्स हत्याको तत्काल छानविन गरि अपराधिक कार्यमा संलग्न हत्याराहरुलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्नेमा अपाराधिहरुलाई समातेर पनि पहिचान नभएको बहानामा भारतमा पक्राउ गरिएका अभियुक्तहरुलाई छाडेको र घटना भएको महिनादिन वित्न लाग्दा समेत पुलिस प्रशासनले दोषीहरुलाई पक्राउ गर्न नसकेको अनेरास्ववियुले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञापन

चेतनका हत्याराहरुलाई तुरुन्त पक्राउ गरि कारवाही नगरे अनेरास्ववियुले थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने सचिव हिक्मत रोकायाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

चेतको हत्यामा संलग्न रहेको भन्दै चेतनका बुवा गगन अयडीले २२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेका छन् । ति मध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे भएपनि अन्य १८ जनाहरु अझै फरार रहेका छन् ।

यता जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले अनेरास्ववियु बाजुराले दिएको प्रेस विज्ञप्ति बुझ्दै चेतनको घटनामा संलग्न रहेकाहरुको खोजी कार्य तिव्र पारेको बताएका छन् ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार