होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराबाट स्वास्थ्य अधिकार सुधार परियोजना बाहिरियो
समाचार

बाजुराबाट स्वास्थ्य अधिकार सुधार परियोजना बाहिरियो

  • नागरिक रैबार
बाजुराबाट स्वास्थ्य अधिकार सुधार परियोजना बाहिरियो

नागरिक रैबार/बाजुरा २ पुस।बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना जिल्लाबाट बाहिरिएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन, किर्डाकको प्राविधिक सहयोगमा संचालित उक्त परियोजनाको हिजाेबाट ३ वर्ष पुरा गरि बाहिरिएको हो ।

बाजुराका ५ वटा पालिकामा सन २०२० देखि २०२२ सम्म ३ वर्षका लागि संचालित रहेको उक्त परियोजनाले हिजाे एक औपचारिक कार्यक्रम गरेर बाजुराबाट बाहिरिएकोे गुड नेर्वस इन्टरनेश्नलका परियोजना संयोजक देबेन्द्र शाहले बताएका छन् ।

बाजुरा जिल्लाका ५ वटा पालिकामा स्वास्थ्य अधिकार सुधार परियोजनाले महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरुको स्वास्थ्य र अधिकारमा अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेलेकोे परियोजनाको समापन गोष्ठीमा जानकारी गराईएको छ ।

विज्ञापन

परियोजनाले ३ वर्षको अवधिमा पालिका स्तरका विद्यालयहरुमा अध्ययनरत महिनावारी किशोरीहरुको मर्यादित महिनावारी व्यवस्थापन र महिलाहरुको स्वास्थ्य र शैक्षिक क्षेत्रमा काम गरेको थियो ।

पाँच वटै पालिकामा ३ वर्षमा परियोजनाले गरेका क्रियाकलापहरुलाई थप प्रभावकारी बनाई आगामी दिनमा पालिकाहरुले नै निति बनाएर अगाडी बढाउने बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।

परियोजनाले विशेष गरी विद्यालयमा अध्ययनरत महिनावारी किशोरीहरुको सुविधाका लागि विद्यालयमै प्रविधिमैत्री शौचालय निर्माण गरेपछि महिनावारी भएको बेला समेत किशोरीहरुलाई नियमित विद्यालयमा जान सहज भएको छ ।

३ वर्षमा परियोजनाले महिनावारी सम्बन्धी समाजमा भेदभाव न्यूनीकरण गरी समुदायको चेतनामा अभिवृद्धि गर्नुका साथै महिनावारी किशोरीहरुको व्यवहारमा समेत परिर्वतन भएको परियोजना समापन कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् ।
परियोजनाले जिल्लाका पाँच वटा पालिकाका ४० वटा बिद्यालयमा किशोरी क्लव गठन गर्नुका बिद्यालयमा छात्रामैन्त्री शौचालय निर्माण हुँदा महिनावारी भएको समयमा पनि सहजै विद्यालय आएर सहज वातावरणमा पढ्ने व्यवस्था गरेको छ ।

परियोजनाले ५ वटै पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत महिला तथा किशोरीहरुको स्वास्थ्य अधिकारमा सुधार ल्याउन भौतिक संरचना निर्माण, स्वच्छता सामाग्री वितरण, महिनावारी स्वच्छता व्यवस्थापन शिक्षा लगायत महत्वपूणर् क्रियाकलापहरु संचालन गरि पालिकाहरुको विकासमा ठुलो सहयोग पर्याएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताएका छन् ।

पिसविन नेपालका अध्यक्ष बिमला थापाको अध्यक्ष्यतामा सुरु भएको समापन कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समिति बाजुराका प्रमख तुलसिराम रोकाया, अथितिमा बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँ बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा, त्रिवेणी नगरपालिकाका नगरउप प्रमुख कमला न्यौपाने लगायत रहेका थिए ।
परियोजनाको समापन समारोहमा पिसविन बाजुराका सल्लाहाकार लाल बहादुर ओलीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा कोइका कार्यक्रमका प्रबन्धक आराली, गुड नेवर्स इन्टरनेशनलका देशीय निर्देशक जे क्युङ रो, निर्देशक ईश्वरमान श्रेष्ठ, स्वास्थ्य बिभागका रामनरेश यादव, कार्यससमिति सदस्य अमोद पौडेल, किर्डाक नेपालका डाइरेक्टर गोविन्द शाही, विभिन्न बिद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक, धामीझार्की किशोरी समुहका सदस्य लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सरिता नेपालीले गरेकी थिइन । कार्यक्रम बाजुराका क्याम्पसको सभा हलमा गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार