होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरको १३ औं बैठकले गर्यो यस्ता निर्णयहरु
समाचार

बडीमालिका नगरको १३ औं बैठकले गर्यो यस्ता निर्णयहरु

  • नागरिक रैबार
बडीमालिका नगरको १३ औं बैठकले गर्यो यस्ता निर्णयहरु

नागरिक रैबार/बाजुरा १ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको १३ औं कार्यपालिकाको बैठक सम्पन्न भएको छ । हिजो पालिकामा बसेको कार्यपालिकाको १३ औं बैठकले विभिन्न १३ वटा निणर्यहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो ।

यस्ता छन् निर्णयहरु:

. साँफे मार्तडी सडक खण्डकाे जडाङ्गामा रहेकाे बेलिब्रिज हाल जडाङ्गामा पक्कि पुल बनी सकेकोले साे बेलिब्रिज बर्षादकाे समयमा साेहि सडक खण्डको अम्काेट पहिराेले अबरुद्ध हुने समस्यालाई मध्यनजर गरि मार्तडी थामलेख सडक खण्डकाे भाैनेरा खाेलामा सार्न सडक डिभिजन साँफेलाई अनुराेध गर्ने
. आ. व. २०७८/०७९ काे स्थानीय तह संस्थागत क्षमता स्व- मुल्यांकन लिजा प्रस्तुति भई यस बडिमालिका नगरपालिकाले प्राप्त स्वमुल्याङनलाई स्वीकृतका लागि जिल्ला समन्वय समितिमा पठाउने ।
३. मलेपले यश नगरपालिकाकाे वेरुजु तथा अन्य सुझाव २०७८/०७९ माथि छलफल भई प्रतिवेदनमा औल्याएको बेरुजु र सुझावलाई कार्यान्वयनमा लिएर सुशासन कायम गराउन सम्बन्धित पक्षलाई निर्देशन दिने ।
निर्णय नं : यस नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरु प्रभावकारी रुपले सहज र सरल बनाउन तथा पालिकाे श्राेत तथा कार्यसमपदन क्षमताको मुल्यांकन र आवश्यकता मध्यनजर गरि कर्मचारी भर्ना सम्बन्धि कानुनकाे अधिनमा रहि कर्मचारी भर्ना सम्बन्धि सुचना प्रकासन गर्ने ।
निर्णय नं : ५ नेपाल विधुत प्राधिकरण बाजुराको प्राप्त पत्र र माग अनुसार यस नगरपालिकामा विद्युत सोलार प्लान्ट जडानका लागि बडीमालिका नगरपालिका वडा नं. ९ रहेकाे चाैराटाकाे जमिनमा सोलार प्लान्ट जडानका लागी उपयुक्त भएकोले सो जग्गामा सोलार प्लान्ट जडानका लागी आवश्यक प्रक्रिया अगाडी बढाईदिनका लागि नेपाल विद्युत प्राधिकरण बाजुरालाई अनुरोध गर्ने निर्णय गरीयो ।
निर्णय नं ६: बडिमालिका नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवामा आम नगरबासीको पहुंच सुनिश्चितता एवम सेवा प्राप्तिमा सहजिकरण गर्ने उदेश्यले बडीमालिका नगरपालिका वडा न १-९ मा मिति २०७९ पाैष १६ गतेदेखि एकीकृत घुम्तिसेवा शिविर सँचालन गर्ने निर्णय गरीयो ।
निर्णय नं ७: यस बडीमालिका नगरपालिका दोस्रो कार्यपालिकाको पहिलो बैठक निर्णयबमोजिम गठन भएका देहायका विषयगत समितिमा एकै व्यक्ति तिनभन्दा बढि जिम्मेवारी भएको व्यक्तिलाई फेरवदल गरि अन्य सदस्यलाई न्यायाेचित जिम्मेवारी प्रदान गर्ने ।
पूर्वाधार विकास समिति
आर्थिक विकास समिति
सामाजिका विकास समिति
बन वातावरण तथा विपद् व्यवस्थापन समिति
संस्थागत विकास सेवा प्रवाह सुशासन प्रवर्द्धन समिति
विधायन समिति
राजस्व परामर्श समिति
निर्णय नं :८ बडीमालिका नगरपालिका नगर कार्यपालिकाको बैठक र नगर सभा बैठकलाई मर्यादित शोभनिय बनाउन वैठकमा सहभागि हुने पदाधिकारीका लागि नेपाली पाेषाक स्थानीय उत्पादनमा अधारित पाेषाक तथा नगरपालिकाकाे पहिचान झल्किने लाेगाे निर्धारण गर्ने ।
निर्णय नं :९ बडीमालिका नगरपालिकाका कार्यालय कामकाजलाई व्यवस्थित बनाइ सेवा प्रवाहमा सहजताको लागि कार्यालय भवन अपुग भएका कार्यालयमा कोठा भाडामा लिइ कामकाजमा सहजता ल्याउने ।
निर्णय नं: १० बडीमालिका नगरपालिका नगरकार्यपालिका र नगर सभाले हालसम्म गरेका निर्णय कार्यान्वनयको सम्बन्धमा छलफल भयो । कार्यान्वयन नभएका निर्णयहरु कार्यान्वनको लागि निर्देशन दिने निर्णय गरीयो ।
निर्णय नं :११ बर्षातको समयमा असाढ साउन र भाद्र मा गएको बाढी पहिरोका कारण क्षतीग्रस्त सडक खोल्ने पहिरो पन्छाउने सार्वजनिक स्थल तथा नीजि संरचना संरक्षणमा प्रयोग गरिएको डोजर भाडा इन्धन ग्याविनजाली लगायतको विषयमा प्राविधिक मुल्याँकन कार्यसम्पन्न प्रतिवेदन सिफारीस र सम्बन्धीत वडा कार्यालयको अनुगमन प्रतिवेदन सहितको सिफारिस बमोजिम रकम दैविय प्रकोप व्यवस्थापन कोषबाट भुक्तानि दिने निर्णय गरियो ।
निर्णय नं :१२ बडीमालिका नगरपालिकाको विधायन समितिको सीफारीस बमोजिम देहायबमोजिमका कार्यविधि स्वकृत गर्ने ।
१ ) बडीमालिका नगरपालिका विषयगत समितिको कार्यसंचालन कार्यविधि, २०७९
२) बडीमालिका नगरपालिका एम्बुलेन्स सेवा सँचालन सम्बन्धि कार्यविधि, २०७९
३) बडीमालिका नगरपालिका आपतकालिन कार्यसञ्चालन केन्द्र संचालन कार्यविधि,२०७९
४) बडीमालिका नगरपालिका भु-उपयोग कार्यविधि,२०७९
५) बडीमालिका नगरपालिका एकल पूरुष, एकल महिला तथा ( ग बर्ग )अपाङ्गता भएका व्यक्तिलाई पोषण भत्ता वितरण कार्यविधि,२०७९
६) बडीमालाका नगरपालिका विद्यालय शिक्षण सिकाई तथा व्यवस्थापन सुधार एवं शिक्षक नियुक्ति एकमुष्ट अनुदान कार्यविधि,२ ०७९
७) बडीमालिका नगरपालिका कडा रोग लागेका नगरवासीलाई उपचार सहायता कार्यविधि,२०७९
८) बडीमालिका नगरपालिका जनजाती समन्वय समिति गठन तथा संचालन कार्यवीधी,२०७९
९) बडीमालिका नगरपालिका नगरस्तरीय खेलकुद विकास समिती गठन तथा सञ्चालन कार्यवीधी, २०७९
१०) बडीमालिका नगरपालिका होमस्टे संचालन कार्यविधी, २०७९
११) बडीमालिका नगरापालिका खेलकुद प्रशिक्षक सम्बन्धि कार्यविधि,२०७९
निर्णय नं: १३ यस नगरपालिकाको विभिन्न वडा कार्यालयबाट माग भई आएका कार्यालय व्यवस्थापन सम्बन्धी सामाग्रीहरु नगरपालिकाबाट खरीद गरी व्यवस्थापन गर्ने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार