होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिंगाडा माविलाई छात्रामैत्री शाैचालय हस्तान्तरण गरियाे
समाचार

सिंगाडा माविलाई छात्रामैत्री शाैचालय हस्तान्तरण गरियाे

  • नागरिक रैबार
सिंगाडा माविलाई छात्रामैत्री शाैचालय हस्तान्तरण गरियाे

नागरिक रैबार/बाजुरा २७ मंसिर।जिल्लाकाे बुढिगंगा नगरपालिका वडा नम्बर १० मा रहेकाे सिंगाडा माद्यामिक विद्यालयलाई छात्रामैत्री शाैचालय हस्तान्तरण गरिएकाे छ ।
काेईकाकाे र गुड नेवर्स ईन्टरनेसनलका आर्थिक सहयोगमा किर्डाक र पिसविन बाजुराकाे साझेदारीमा संचालित स्वास्थ्य अधिकार सुधार परियाेजनाद्वारा निर्माण गरिएकाे छात्रामैत्री शाैचालय एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको हाे ।
विद्यालयमा अध्ययनरत छात्राहरूलाई महिनावारी भएकाे बेला उनिहरूकाे महिनावारी व्यवस्थापनमा सहज हाेस भन्ने उदेश्यले निर्माण गरिएकाे उक्त शाैचालय साेमबार जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम राेकाया र बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
छात्रामैत्री शाैचालय निर्माण भएपछि विद्यालयमा अध्ययनरत किशोरीहरूलाई सहज हुने भएकाे छ । स्वास्थ्य अधिकार सुधार परियाेजनाकाे करिव १८ लाख ११ हजार ७ सय २९ रूपैयाँमा निर्माण गरिएको गुड नेवर्स ईन्टरनेसनलका जिल्ला परियाेजना संयाेजक देवेन्द्र शाहले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य रामप्रसाद जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमख अतिथी रहेका थिए । कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानिया,उप प्रमुख माया खड्का(कुँवर),शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंह,नेकपा समाजवादीका सुदूरपश्चिम प्रदेश सदस्य नवराज जोशी,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य प्रेमबहादुर थापा,पीसविन बाजुरा अध्यक्ष विमला थापा विशिष्ट अतिथी रहेका थिए ।         
शौचालय हस्तान्तरण कार्यक्रममा गुडनेवर्सका संयोजक देवेन्द्र शाह,परियोजना अधिकृत महेशराज जैशी, वडाका वडासदस्यहरु,पत्रकार लगायत अतिथी रहेका थिए ।
उक्त कार्यक्रममा प्रधानाध्यापक रणबहादुर साउँदले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन विद्यालयका सह शिक्षक हिरेन्द्र कुँवरले गरेका थिए । हस्तान्तरण कार्यक्रममा साँस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार