होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ फागुन । जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार विहान ट्याक्टर दुर्घटना भएको छ ।गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बरको ट्याक्टर सिमधारा स्थित ग्रामिण कच्ची सडकमा दुर्घटना भएको हो । ट्याक्टर दुर्घटनामा परि चालक सहित ९ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । प्रहरीका […]
नागरिक रैबार/बाजुरा १३ फागुन । बाजुराको गौमुल गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा ८ जना घाईते भएका छन् भने एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाैमुल गाउँपालिका निलासैनबाट गाउँपालिका घट्मुना आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनाकाे थप विवरण आउन बाकी रहेको जिप्रका बाजुराले जनाएको […]
नागरिक रैबार/बाजुरा ११ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकलाई उखु खेतीमा आत्मनिर्भर बनाउन विउ वितरण गरेको छ । आईतबार पहिलो चरणमा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, नगरपालिकाकी उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल र कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले सयुक्त रुपमा तिपाडा र विरेखोला दुई ठाउँबाट […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बडीमालिका नगरपालिकाका वडा अध्यक्ष र वडा सचिवका लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाका वडामा सचिव नियुक्ति भए पछी कुन काम कसरी गर्ने भन्ने अन्योलता सिर्जना भएकोले अभिमुखीकरण गोष्ठी आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताए । घटना दर्ताका विषय सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी […]
नागरिक रैबार/ बाजुरा१० फागुन । जिल्लाको त्रिबेणी नगरपालिका वडा न ३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका २४ बर्षिया लोकेन्द्र साउद रहेका छन् । शनिवार दिउसो सोही नगरपालिकामा रहेको बिद्युत पावर हाउसमा गएका बेला एक्कासी करेन्ट लागेर मृत्यु भएको त्रिबेणी नगरपालिका वडा न ३ का वडा अध्यक्ष मिन […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको प्राविधिक शाखाले आयोजना गरेको खेलकुद सप्ताह कार्यक्रम सकिएको छ । प्रत्येक वर्ष विद्यालयमा संचालन गर्दै आएको खेलकुद सप्ताह कार्यक्रम शनिबार सकिएको हो । खेलकुद सप्ताह कार्यक्रम अन्तरगत मालिका नमुना माविको प्राविधिक शाखाले यस वर्ष पनि फागुनको ३ गतेबाट संचालन गरेको उक्त कार्यक्रम सकेको हो । […]
नागरिक रैबार/बाजुरा १० फागुन। जिल्ला प्रहरी कार्यालय नजिकै पीसविन बाजुराको कार्यालय अगाडि पाँच लिटरको प्रेसरकुकर बम राखेर सबैलाई त्रसित हुने बातावरण किन भयो ? यतिवेला यो आम नागरिकमा उब्जेको प्रश्न हो । प्रेसर कुकर बम स्वीकार्दै नेपाली सेनाले उक्त बमलाई सोही ठाउँमा एक्सपोजल गरेकाे छ । समरजीत गुल्मका गुल्मपति रविन श्रेष्ठले भने नागरिकको पहिलो सुरक्षालाई […]
नागरिक रैबार/बाजुरा १० फागनु । महा शिवरात्री तथा सेना दिवसको अवसर पारेर बाजुरा जिल्ला स्थित समरजित गुल्मले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता समरजित गुल्मले जितेको छ । भलिबल खेलमा बाजुरा जिल्ला मार्तडी बजारको र राष्ट्र सेवक दुई टिमले मैत्रीपूर्ण खेल खेलेका थिए । महाशिवरात्रीको दिन नेपाली सेनाले सेना दिवस मनाउदै आएको छ । दिवसको अवसर […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालय र रेडियो बाजुरा नजिकै भेटिएको वेवारिसे बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । शुक्रबार साँझ रेडियो बाजुरा र पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् । जिल्ला […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा बाजुराले पार्टी एकताको टुंगो लगाई सकेपछि शुक्रबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालय विभिन्न निर्णयहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो । यस अघि दोस्रो बैठकबाट भएका निर्णयहरुलाई परिमार्जन गर्दै नेकपाले कमिटी भित्रका ३ वटा मध्ये स्कुल विभाग, संगठन विभाग […]
नागरिक रैबार/बाजुरा ९ फागुन। सदरमुकाम मार्तडीमा फेरी खानेपानीको हाहाकार भएको छ । खानेपानीको मुहान देखि ट्याङ्कीसम्मको पाइप लाइनमा समस्या आएपछि मार्तडीमा फेरी खानेपानीको हाहाकार भएको हाे । खानेपानीको हाहाकार भएपछि अहिले सदरमुकाम बासीहरुले घन्टाै लाइनमा बसेर एउटै धाराबाट पानी भरेर खानु पर्ने बाध्यता भएकाे छ । खानेपानीकै लागि सदरमुकाम मार्तडीका स्थानीयहरु थापाबाडा खाेलाघर, जिउला, किमखोला […]
नागरिक रैबार/बाजुरा ९ फागुन।शुक्रबार दिउसो चट्याङ लागेर एकै घरका आमा छोरी घाईते भएकी छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर त्रिवेणी नगरपालिका ९ कि सन्जा भण्डारी साउँद र उनकी ६ वर्षिया छोरी आकृति साउँद घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए । पानी परेको समयमा घरमै बसेका बेला […]
नागरिक रैबार/ बाजुरा ८ फागुन । जिल्लाकाे बुढीन्नदा नगरपालिका ९ अगाउपानीमा अस्थाई प्रहरी पाेष्ट स्थापना गरिएकाे छ । विहिबार एक कार्यक्रमका वीच जिल्ला समन्वय समिति बाजुरा प्रमुख नरेेेेन्द्र कुमार राेकाया, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याैपाने र जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंंकप्रसाद भट्टराई र नेकपा बाजुराका नेता पुरबहादुर रावतले संयुक्त रुपमा उद्घाटन् गरेका हुन् । […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लाका चार वटा नगरपालिकामा उपसचिवहरुको पदस्थापन हुने भएकाे छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठताबाट बढुवा भएका उपसचिवहरूलाई पदस्थापन स्थानीय तहमा पठाएपछि बाजुराका चार वटा नगरपालिकामा पनि उपसचिवहरु आउने भएका हुन् । यी हुन बाजुराका चार नगरपालिकामा आउने उपसचिवहरु १, शिवसिंह भण्डारी- बडीमालिका नगरपालिका २, हिक्मत जंग शाही-बुढीनन्दा […]
नागरिक रैबार/ बाजुरा ७ फागुन। नेपाली काँग्रेस बुढीगंगा नगर कार्यसमितिले विधान तथा नियमावली प्रशिक्षण कार्यक्रम बुढीगंगा नगरपालिकामा सम्पन्न गरेको छ । ७० औं प्रजातन्त्र दिबशको अबशर पारि नेपाली काङ्ग्रेस बुढिगगा नगर कार्य समितिले बिधान तथा नियमावली प्रशिक्षण कार्यक्रम समपन्न गरेको हो । नेपाली काङ्ग्रेस बुढिगगा नगर कार्य समिति सभापति मीन ब शाहको अध्यक्षयतामा सञ्चालन भएको […]
नागरिक रैबार/बाजुरा ७ फागुन। घरबाट विद्यालयमा पढ्न जान्छु भनेर भारत जान लागेका ३ जना बालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धार गरेको छ । घरबाट भागेर भारत जान लागेका बुढीनन्दा नगरपालिका वडा नं. ६ का दलचना राउतका १६ वर्षिया छोरा नृप राज राउत सोही वडाका मनलाल सुनारका १५ वर्षिया छोरा सुमन सुनार र मन बहादुर रावतका […]
नागरिक रैबार बाजुरा ७ फागुन । बाजुराको हिमाली गाउँपालिका फागुन २५ गते साक्षर घोषणा हुने भएको छ । राष्ट्रिय अभियानलाई सफल पार्न साक्षर वर्ष २०७६ अगावै हिमाली घोषणा गर्ने गरि साक्षर अभियान नै सञ्चालन गरिने गाँउपालिकाले बताएको छ । साक्षर घोषणा जिल्ला समन्वय समितिसँगको छलफल कार्यक्रममा गाउँपालिकाले तथ्याकं संकलनदेखि सूचक अपुग भएका बस्तीमा तत्काल सूचक […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरामा पनि ७०औँ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइएको छ । बुधबार बिहान सदरमुकाम मार्तडीमा प्रभात फेरिको आयोजना गर्दै जिल्ला समन्वय समितिको प्राङ्गण भित्र कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । उक्त कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार लगाएतको सहभगिता रहेको थियो । साथै उक्त कार्यक्रममा प्रजातन्त्रका […]
नागरिक रैबार/बाजुरा ६ माघ।सुरेन्द्र थापाले सामाजिक संजालमा डुम शव्द प्रयोग गरेको भन्दै बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले आर्कोशित भएका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले दलित समुदायको अपमान हुने गरि सामाजिक संजाल मार्फत अपशव्द प्रयोग गर्दै डुम भन्ने अभिव्यक्ति दिएकोले उनलाई यथासक्य कारवाहीको माग गरेको छ । अधिकारकर्मीहरुले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको […]
नागरिक रैबार/बाजुरा ६ माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव पत्रकार प्रेम विकलाई सांसद लालबहादुर थापाको निर्देशनमा प्रहरीले पक्राउ गरेको घटना घोर आपत्ति भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुरा शाखाले प्रेस विज्ञप्ती मार्फत घोर आपत्ति जनाएको छ । फागुन ४ गते राति पत्रकार विकलाई सदरमुकाम मार्तडीस्थित नागरिक रैबार डटकमको कार्यालयबाटै सांसद थापाको निर्देशनमा […]