होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • सेना दिवसमा मैत्रीपूर्ण भलिवल
बाजुरा बिशेष

सेना दिवसमा मैत्रीपूर्ण भलिवल

  • नागरिक रैबार
सेना दिवसमा मैत्रीपूर्ण भलिवल

नागरिक रैबार/बाजुरा १० फागनु । महा शिवरात्री तथा सेना दिवसको अवसर पारेर बाजुरा जिल्ला स्थित समरजित गुल्मले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता समरजित गुल्मले जितेको छ ।

भलिबल खेलमा बाजुरा जिल्ला मार्तडी बजारको र राष्ट्र सेवक दुई टिमले मैत्रीपूर्ण खेल खेलेका थिए । महाशिवरात्रीको दिन नेपाली सेनाले सेना दिवस मनाउदै आएको छ । दिवसको अवसर पारेर बाजुरा जिल्लामा प्रत्येक बर्ष भलिबल लगाएत अन्य खेलकुदका कार्यक्रम गरेर मनाउदै आएको समरजित गुल्मका गुल्मपति सेनानी रविन श्रेष्टले जानकारी दिए ।

सहभागी दुई टिम मध्ये पहिलो राष्ट्र सेवकलाई ट्रफी सहित प्रभाण पत्र र दोस्राे भएको मार्तडी बजारको टिमलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।

विज्ञापन

सेना दिवसमा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक टंकप्रशाद भट्टराई र पत्रकार लगाएतकाे उपस्थिति रहेको थियो । खेल सकिएपछि सबैलाई बडा भोजको समेत ब्यवस्था गरेको थियो ।

त्यस्तै सेना दिवसकै अवसरमा बडीमालिका नगरपालिका २ भौनेर घर भई अजय दल गणमा कार्यरत स्वर्गीए अम्मरबहादुर महतकी श्रीमतीलाई दुइहजार नगद सहयोग गरेको छ । अम्मरले २०६२ साल बैशाख ७ गते कर्तब्य पालनाको सिलसिलामा बिरगती प्राप्त गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार