होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • किन राखियो प्रहरी र पीसविनकै नजिक प्रेसरकुकर बम ?
Breaking News

किन राखियो प्रहरी र पीसविनकै नजिक प्रेसरकुकर बम ?

  • नागरिक रैबार
किन राखियो प्रहरी र पीसविनकै नजिक प्रेसरकुकर बम ?

नागरिक रैबार/बाजुरा १० फागुन। जिल्ला प्रहरी कार्यालय नजिकै पीसविन बाजुराको कार्यालय अगाडि पाँच लिटरको प्रेसरकुकर बम राखेर सबैलाई त्रसित हुने बातावरण किन भयो ? यतिवेला यो आम नागरिकमा उब्जेको प्रश्न हो । प्रेसर कुकर बम स्वीकार्दै नेपाली सेनाले उक्त बमलाई सोही ठाउँमा एक्सपोजल गरेकाे छ ।

समरजीत गुल्मका गुल्मपति रविन श्रेष्ठले भने नागरिकको पहिलो सुरक्षालाई आत्मसाथ गर्दै उच्च सर्तकताका साथ उक्त बम भेटिएकै ठाउँमा एक्सपोजल गरेकाे बताएका छन् । उहाँले नागरिक रैबारसित कुरा थप्दै  सबै भन्दा पहिला हामी मानवीय क्षेती नहोस् भन्ने चाहान्छौँ । के सेना भन्नुस् ? के आम नागरिक भन्नुस् ? तिनको सुरक्षा हाम्रो पहिलो प्रथामिकता हुन्छ । अन्य भौतिक कुराको बारे पछि हुन्छ ।

विज्ञापन

स्थानीय धर्म रोकायाको घर नजिकै बम एक्स्पोजल गर्दा मानवीय क्षेती नभएपनि भौतिक संरचनामा र पीसविनका अफिसियल सामानहरु क्षेती भएको छ ।
शुक्रबार साँझ पीसविन बाजुराको घर नजिकै कालो झोलामा बेरेर राखिएको वेवारिसे पाँच लिटरको प्रेसरकुकर बमलाई नेपाली सेनाको बम एक्स्पोजल टोलीले शनिबार विहान ९ छपन्नमा १ पटक र दोस्रो १० तीसको समयमा गरि दुईपटक एक्सपोजल गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय नजिकै बम पट्केको त्यो घर स्थानीय धर्म रोकायाको हो । पीसविन संस्था हो । संस्था भाडामा छ । नजिकै रेडियो जस्तो संचार माध्यम छ । फेरि नजिक स्थानीयहरुका कच्ची घरहरु छन् । सबलाई त्रसित हुने गरि खुले आम बम भेटिनुले स्थानीयहरु निकै त्रसित भएका छन् ।

किन राखियो प्रहरी र पीसविनकै नजिक प्रेसरकुकर बम ? कसले किन त्यो ठाउँमा बम राखेका हुन सक्छन् ? भन्ने नागरिक रैबारको प्रश्नमा डिएसपी भटराईले भने अहिले हामी कोही कसै व्यक्ति वा समूह किटान गर्न सक्दैनाै । उक्त स्थानमा बम कसले राखेको हो ? के कारणले राखेको हो ? यसबारे खोज तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार