होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुरेन्द्र थापाले अपशव्द गरेपछि दलित अधिकारकर्मी आक्रोशित
देश/प्रदेश

सुरेन्द्र थापाले अपशव्द गरेपछि दलित अधिकारकर्मी आक्रोशित

  • नागरिक रैबार
सुरेन्द्र थापाले अपशव्द गरेपछि दलित अधिकारकर्मी आक्रोशित

नागरिक रैबार/बाजुरा ६ माघ।सुरेन्द्र थापाले सामाजिक संजालमा डुम शव्द प्रयोग गरेको भन्दै बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले आर्कोशित भएका छन् ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले दलित समुदायको अपमान हुने गरि सामाजिक संजाल मार्फत अपशव्द प्रयोग गर्दै डुम भन्ने अभिव्यक्ति दिएकोले उनलाई यथासक्य कारवाहीको माग गरेको छ ।

अधिकारकर्मीहरुले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको लामो संर्घष, त्याग र बलिदानीबाट मूलुकको आमुल परिवर्तन भई रहेका सन्र्दभमा मान्छे मान्छे वीचको विभेदलाई संविधानमा समेत कानुनी रुपमा दण्डनीय बनाएको कुरा सर्ववितै छ ।

तमाम बाजुराली दलित समुदायको मतबाट निर्वाचित प्रतिनिधी सभा सदस्यको गरिमामय पदमा रहनु भएका साँसद लालवहादुर थापाको आफ्नै भतिजा नाता पर्ने सुरेन्द्र थापाले सामाजिक संजाल मार्फत पुरै दलित समुदायको गरिमा र सम्मानमा आँच आउँने गरी डुम शब्दको प्रयोग गरेकोप्रति गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

विज्ञापन

विभिन्न कुरिती कुसंस्कारको विरुद्धमा लडेर जनताको पक्षमा काम गर्नु पर्ने जिम्मेवार व्यक्तिको परिवारबाट आउने अभिव्यक्तिले सोझासाझा दलित समुदायले के अपेक्षा गर्ने ? नेकपा जस्तो गौरवशाली पार्टीले एक खालको आचारसंहिता देश भर लागु गरिरहेका बेला हाम्रो समाजमा आजभोलि पनि खुलेआम सार्वजनिक रुपमा यस्ता गलत खालका अभिव्यक्तिले सामाजिक खलल भएको ठहर गरेको छ ।

बाजुरा जिल्लामा आफ्नो पहिचान सहितका जातहरु दलित समुदाय भित्र पर्दछन् । न कि डुम भन्ने शब्दावलीका थर भएका कोहीपनि छैनन् । मान्छेलाई होच्याउनकै लागि सो थर नभएकालाई भन्नु सरासर गलत हो । अन्यथा सिंगो दलित समुदायका व्यक्तिहरु आन्दोलित हुने वातावरणको सृजना नहोस् । सम्बन्धीत व्यक्ति सुरेन्द्र थापाले दिएको अभिव्यक्ति खेद जन्य भएकाले निजलाई यथाशिग्र कानुनी कारवाहीको जोड्दार माग गर्दर्छौ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति हेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार