होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घरबाट भागेर भारत जान लागेका बालकको प्रहरीद्वारा उद्धार
समाचार

घरबाट भागेर भारत जान लागेका बालकको प्रहरीद्वारा उद्धार

  • नागरिक रैबार
घरबाट भागेर भारत जान लागेका बालकको प्रहरीद्वारा उद्धार

नागरिक रैबार/बाजुरा ७ फागुन। घरबाट विद्यालयमा पढ्न जान्छु भनेर भारत जान लागेका ३ जना बालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धार गरेको छ ।

घरबाट भागेर भारत जान लागेका बुढीनन्दा नगरपालिका वडा नं. ६ का दलचना राउतका १६ वर्षिया छोरा नृप राज राउत सोही वडाका मनलाल सुनारका १५ वर्षिया छोरा सुमन सुनार र मन बहादुर रावतका १५ वर्षिया छोरा रोशन राउत रहेका छन् । उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडीमा रहेको बसपार्कबाट उद्धार गरेको हो ।

Image may contain: 6 people, including Rambahadur Saud, people standing, sky, outdoor and nature

विज्ञापन

घरबाट भागेका तिनै जना बालक भारततीर जान लागेको थाहा पाएपछि प्रहरीको टोलीले उद्धार गरेर आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् ।

Image may contain: 6 people, including Rambahadur Saud, people standing and outdoor

उनीहरु तिनै जना बालक फागुन ५ गते साँझ घरबाट भागेर विद्यालयमा पढ्न जान्छु भनि बिद्यालय नगई भारत तर्फ जान लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार