होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिकाका वडा अध्यक्ष र वडा सचिवका लागि २ दिने गोष्ठी
बडीमालिका

बडीमालिकाका वडा अध्यक्ष र वडा सचिवका लागि २ दिने गोष्ठी

  • नागरिक रैबार
बडीमालिकाका वडा अध्यक्ष र वडा सचिवका लागि २ दिने गोष्ठी

नागरिक रैबार/बाजुरा ११ फागुन। बडीमालिका नगरपालिकाका वडा अध्यक्ष र वडा सचिवका लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
नगरपालिकाका वडामा सचिव नियुक्ति भए पछी कुन काम कसरी गर्ने भन्ने अन्योलता सिर्जना भएकोले अभिमुखीकरण गोष्ठी आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताए ।
घटना दर्ताका विषय सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी र खप्तड छेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर थापाले सहजीकरण गर्नु भएको थियो भने योजना तर्जुमा र कार्यान्वनका विषयमा नगरपालिकाका सब इन्जिनियर उमेश बहादुर बडुवालले सहजीकरण गरेका थिए ।

आर्थिक प्रशासन र लेखा व्यवस्थापनका विषयमा लेखापाल मणिराम खत्रीले सहजीकरण गर्नुभएको थियो भने अनलाइन घटना दर्ता र सामाजिक सुरक्षाका विषयमा सूचना प्रविधी अधिकृत हेम थापा र फिल्ड सहायक बिर बहादुर चदाराले गर्नु भएको थियो ।

फाल्गुन ९ गते संचालन भएको सो गोष्ठी १० गते सम्म संचालन गरिएको थियो । गोष्ठीमा नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट लगायत नगरपालिकाका ८ जना वडा अध्यक्षहरु राम बहादुर कार्की , डम्बर बहादुर महत, वीरबहादुर रावल, सुरेन्द्र नाथ, बलबहादुर थापा, कला बडुवाल र प्रकाश रावल को उपस्थिति थियो भने वडा सचिवहरु क्रमशः विष्णुप्रसाद चौधरीश्रीप्रसाद चौधरी, ईश्वर कुमारी कार्की, सरिता कुमारी ठकुल्लाविजय कुमार शाही, विवेक शाह, टीकाराम उपाध्याय र वडा न ८ बाट सहयोगी कर्मचारी मनबहादुर रावल र ९ बाट भक्त विकको उपस्थिति थियो । बडीमालिका नगरपालिकाको हलमा सञ्चालित कार्यक्रम प्रशासन सहायक वीरबहादुर विष्टले सञ्चालन गर्नुभएको थियो ।

विज्ञापन

नगरपालिकाले एकदमै व्यावहारिक ज्ञान र सीप प्रदान गर्न आयोजना गरेको गोष्ठीले काममा निकै सहजता प्रदान हुने सहभागीको भनाइ रहेकोछ ।
नितान्त व्यावहारिक र दैनिक कामकाजमा आधारित अभिमुखीकरण गोष्ठीले धेरै अन्योलता चिर्ने विश्वास लिएका छौं वडा न ५ करा अध्यक्ष बलबहादुर थापाले भने ।

सामान्य भन्दा सामान्य कुराको पनी मेलोमेसो नहुँदा काम गर्न निकै अफ्ठ्यारो थियो अव कुन काम कसरी गर्ने भन्ने जानकारी पायौं काममा सहज हुनेछ वडा सचिव विष्णु प्रसाद चौधरीले बताए । लोकसेवा आयोगले सिफारिस गरी पठाएका कर्मचारीलाई कुनै तहबाट कार्यसञ्चालन तालिम नहुदाँ निकै समस्या भएको छ । सरोकार निकायले बेलैमा ध्यान दिन आवश्यक रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार