होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाण्डुसेनमा अस्थाई प्रहरी चाैकीकाे स्थापना
समाचार

पाण्डुसेनमा अस्थाई प्रहरी चाैकीकाे स्थापना

  • नागरिक रैबार
पाण्डुसेनमा अस्थाई प्रहरी चाैकीकाे स्थापना

नागरिक  रैबार/ बाजुरा ८ फागुन । जिल्लाकाे बुढीन्नदा नगरपालिका ९ अगाउपानीमा अस्थाई प्रहरी पाेष्ट स्थापना गरिएकाे छ ।

विहिबार एक कार्यक्रमका वीच जिल्ला समन्वय समिति बाजुरा प्रमुख नरेेेेन्द्र कुमार राेकाया, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याैपाने र जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंंकप्रसाद भट्टराई र नेकपा बाजुराका नेता पुरबहादुर रावतले संयुक्त रुपमा उद्घाटन् गरेका हुन् ।

प्रहरी  चाैकी बाजुरा बुढिन्नदा नगरपालिका वडा नं ९ स्थित अगाउपानीमा रहेकाे घरधनी हिरा बहादुर बोहराको घरमा बस्ने भएकाे छ ।

विज्ञापन

गृह मन्त्रालयकाे फागुन ५ गतेकाे पत्रानुसार बाजुराकाे उक्त स्थानमा अस्थाई प्रहरी चाैकीकाे स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी टंक प्रसाद भट्टराईले जानकारी दिए ।

उहाँका अनुसार अब जिल्लामा याे प्रहरी चाैकी स्थापना भएसंगै २१ वटा प्रहरी चाैकी स्थापना भएका छन् । तत्कालीन शसत्र द्वन्दमा साेही नगरपालिकाकै पाण्डुसेनमा रहेकाे प्रहरी चाैकीलाई माअाेवादीले भत्काएकाे थियाे ।

विहिबार साे स्थानमा स्थापना गरिएको प्रहरी चाैकीलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार