होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • जन्म दिनमा वडा सदस्य नेपालीले गरे विपन्नलाई कम्मल सहयोग
बडीमालिका

जन्म दिनमा वडा सदस्य नेपालीले गरे विपन्नलाई कम्मल सहयोग

  • नागरिक रैबार
जन्म दिनमा वडा सदस्य नेपालीले गरे विपन्नलाई कम्मल सहयोग

नागरिक रैबार/बाजुरा १ माघ। बडीमालिका नगरपालिका वडा नं. ९ का वडा सदस्य लालचन्द नेपालीले आफ्नो जन्मदिनको अवसरमा वडामा रहेका अति विपन्न परिवारलाई कम्मल सहयोग गरेका छन् ।

जन्मदिनको अवसर पारी आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडा भित्र रहेका अतिविपन्न परिवारका १० जनालाई चिसोबाट जोगाउन व्यक्तिगत रुपमा कम्वल सहयोग गरेका हुन् ।

जन्मदिनको अवसरमा विपन्न परिवारलाई कम्मल सहयोग गर्दैै वडा सदस्य नेपालीले भने जन्मदिनमा फजुल खर्च र जन्मदिनलाई तडकभडका साथ मनाउनु भन्दा वडामा रहेका बेसहाराहरुलाई चिसोबाट जोगिन न्यानो कपडा स्वरुप कम्मल सहयोग गरेको बताएका छन् ।

विज्ञापन

कम्मल वितरण कार्यक्रममा बोल्दै बडीमालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकले भने वडा सदस्य नेपालीले गरेको सहयोगले विपन्नलाई राहत पुगेको बताएका छन् ।

त्यस्तै नेकपा ९ नंम्बर वडा कमिटी अध्यक्ष राजेश पायल विकले वडा सदस्य नेपालीले वडाका विपन्नलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै नेपाली काँग्रेस ९ नम्बर कार्यसमिति सचिव मिन थापाले भने वडा सदस्य नेपालीको कामबाट सवैले सिक्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

वडा सदस्यले कम्मल सहयोग गरेपछि जाडो मौषममा चिसोबाट जोगिन सजिलो हुने बृद्ध महिला पुनि सनाईले बताएकी छिन् । उनले भनिन् चिसो मौसममा आफुहरुलाई सार्है चिसो हुने गरेको थियो अव सजिलो हुनेछ ।

नेकपा बडीमालिका ९ का वडा कमिटी अध्यक्ष राजेश पायल विकको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका ९ वडा अध्यक्ष विनोद कुमार विक रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस बडीमालिका ९ का कार्यसमिति समिति सचिव मिन थापा रहेका थिए भने कार्यक्रमको संचालन अनेराश्ववियु बाजुराका कार्यालय सदस्य प्रेम नेपालीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार