होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • त्रिवेणीमा पुर्व माओवादी र राप्रपाका ७० जना काँग्रेसमा प्रवेश
समाज

त्रिवेणीमा पुर्व माओवादी र राप्रपाका ७० जना काँग्रेसमा प्रवेश

  • नागरिक रैबार
त्रिवेणीमा पुर्व माओवादी र राप्रपाका ७० जना काँग्रेसमा प्रवेश

नागरिक रैबार/बाजुरा २२ पुस। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं ३ बाट स्थानिय तहको निर्वाचनमा पुर्व माओवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार हरी साँउद र राप्रपाबाट उम्मेदवार जय बहादुर साँउद सहित ७० जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस त्रिवेणी नगरपालिका वडा नं ३ वडा कार्यसमितीले मंगलबार आयोजना गरेको भेटघाट तथा अन्त्रक्रिया कार्यक्रममा स्थानिय तहको निर्वाचनमा पुर्व माओवादी र रापप्राबाट वडा अध्यक्ष पदका उम्मेदवार सहित ७० जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

त्यस्तै राप्रपाबाटै वडा सदस्यका उम्मेदवार चन्द्र साँउद, कर साँउद लगायत वडा नं ३ कै ७० जनाले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसका नेता तथा वडा अध्यक्ष मिन भण्डारीले जानकारी बताएका छन् ।

विज्ञापन

वडा सभापती जगत बहादुर साँउदको अध्यक्षतामा संचालन भएको कार्यक्रममा पुर्व माओवादी र राप्रपा बाट नेपाली काँग्रेसमा प्रवेश गरेका ७० जनालाई प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेसका बरिष्ठ नेता तथा त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावल, उपप्रमुख राधिका सुनार लगायत नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसमा आस्थावान् नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार