बिहिबार, माघ ८, २०७७
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिकाले गर्यो विभिन्न साझेदार र सहयोगी निकायलाई सम्मान
बडीमालिका

बडीमालिकाले गर्यो विभिन्न साझेदार र सहयोगी निकायलाई सम्मान

  • नागरिक रैबार
बडीमालिकाले गर्यो विभिन्न साझेदार र सहयोगी निकायलाई सम्मान

मदन वि.क./बाजुरा २८ पुस । बाजुराको बडीमालिका नगरपालिकाले आठौं नगर सभा तथा हिउँदे अधिवेशनको अवसरमा विभिन्न तहबाट नगरपालिकालाई सहयोग गर्ने विभिन्न साझेदार तथा सहयोगी नियकालाई सम्मान सहित प्रसंशा पत्र प्रदान गरेको छ ।

सोमबारबाट सूरु भएको नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशनको अवसरमा बडीमालिका नगरपालिकालाई कोभिड-१९ को व्यवस्थापन, बाढी पहिरोबाट प्रभावितलाई सहयोग तथा अन्य विकासका गतिविधिमा सहयोग गर्ने विभिन्न साझेदार संघ-संस्था तथा सहयोगी व्यक्तिहरुलाई सम्मान सहित प्रसंशा पत्र प्रदान गरेको हो ।

मंगलबार बडीमालिका नगरपालिको आठौँ नगर सभाको निणर्य सार्बजनिकिकरण तथा कोभिड-१९ र बिपद् सुरक्षा एबं सम्मान कार्यक्रमको आयोजना गरि सहयोगी निकायलाई सम्मान गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन ।

विज्ञापन

नगरपालिकाले कोभिड-१९ का बेला क्वारिन्टाईन स्थलमा सहयोग गर्ने नगरभित्रका विद्यालय र बर्षातको समयमा गएको बाढि पहिरोबाट प्रभावित बनेकालाई उद्धार तथा राहतमा सहयोग गर्ने विभिन्न सहयोगी निकाय, कोभिड-१९ को बेला सूचना सम्प्रेषण गर्ने संचार माध्यम सरकारी तथा गैरसरकारी संघ संस्था लगायतलाइ सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

जिल्लामा अबस्थित गैर सरकारी संस्था नेपाल प्रहरी नेपाली सेना ससस्त्र प्रहरी वल स्वास्थ्य सस्था लागयतका बिभिन्न निकायहरूलाइ आगामी दिनमा पनि सहयोगको अपेक्षा र यस अघिका दिनमा गरेको सहयोगलाई मनन गर्दै ८ औं नगर सभा तथा हिउँदे अधिवेशनबाट सम्मान गरेको नगरपालिकाले जनएको छ ।

कोभिड- १९ को महामारीको बेला क्वारेन्टीन निर्माण तथा व्यवसथापन गर्ने विद्यालय, उद्धार तथा सुरक्षामा खटिएका सुरक्षा निकाय,सुचना प्रवाह गर्ने संचारमाध्याम, स्वास्थ्य उपचार गर्ने स्वास्थ्य संस्था, तथा विपदको बेला राहात प्रदान गर्ने सहयोगी निकाय, समन्वय गर्ने सरकारी तथा गैरसरकारी कार्यालय, होटल ब्यबासायी बजार ब्यबस्थापन समिति लगायत सम्पुणर् सहयोगी निकायलाई प्रशंसा पत्र सहित सम्मान गरेको नगर उप-प्रमुख कविता विष्टले बताईन् ।

नगरपालिकाको पुस २० गते बसेको कार्यपालिकाको बैठकले गत बर्ष चैत ११ गते देखि भएको लकडाउन कोभिड- १९ को बेला र गत साउनमा अबिरल बर्षासंगै आएको बाढि र पहिरोका बेला प्रभावित भएका लाई सहयोग गर्ने नियकालाई आठौं नगरसभामा सम्मान गर्ने निणर्य गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार