शनिबार, माघ १०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा भुवा पर्वको रौनक खासै देखिएन्
समाज

बाजुरामा भुवा पर्वको रौनक खासै देखिएन्

  • नागरिक रैबार
बाजुरामा भुवा पर्वको रौनक खासै देखिएन्

नागरिक रैबार/बाजुरा २९ पुस। बाजुरा जिल्लाका विभिन्न ठाउँमा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्वमा यो वर्ष भने खासै रौनकता देखिएन् ।

पञ्चेबाजाका साथमा पुसे औँसीबाट सुरु हुने यो पर्व यस वर्षमा भने पुसको अन्तिम सातामा सूरु भएपछि यसको खासै रौनकता नदेखिएको हो ।

पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व यस वर्ष पुसको अन्तिम दिनमा सकिने भएको छ ।

विज्ञापन

जिल्ला बासीका लागि दसैँ तिहार पछिको दोस्रो ठूलो चाडका रुपमा मनाईने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर बाजागाजाको तालमा नाच्ने र गीत गाउने गरिन्छ ।

Image may contain: one or more people, people playing sports, people standing, people on stage and outdoor

यो पर्व विशेष गरी बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । बाजुरामा बडीमालिका, बुढीगंगा, त्रिवेणी, खप्तड क्षेडेदह लगायतका पालिकाका गाउँमा यो पर्व मनाउने प्रचलन रहि आएको छ ।

यस क्षेत्रको मौलिक पर्वमध्येको एक पर्वका रुपमा लिइने यस पर्वमा ठूलाबडाको मुखबाट कथा, दन्ते कथाका साथै शुक्ति सुन्ने चलन रहि आएको छ ।

यस पर्वमा मीठा-मीठा खाने परिकारका साथै विशेष गरी तरुल पकाएर खाने चलन रहेको पाइन्छ । कतिपय ठाउँमा आजका दिनमा चामल तथा मासको पिठो घ्यू, दहीलगायतका विभिन्न अन्नका सामग्रीबाट बन्ने सेलरोटी बनाएर खाने प्रचलन समेत रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार