होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • अवैध भरूवा बन्दुक सहित रजालीबाट ३ जना पक्राउ
समाज

अवैध भरूवा बन्दुक सहित रजालीबाट ३ जना पक्राउ

  • नागरिक रैबार
अवैध भरूवा बन्दुक सहित रजालीबाट ३ जना पक्राउ

नागरिक रैबार/बाजुरा २९ पुस। जिल्लाको बडीमालिका नगरपालिका -३ रजालीबाट अवैध भरुवा बन्दुक सहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पुस २७ गते गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले  सोही नगरपालिका -३ रजाली बस्ने ४५ वर्षीय नन्द ल्वारको घरबाट एक नाले भरुवा बन्दुक (लोड गरेको), गोली २२ राउण्ड फलामको बन्दुकको नाल थान १ र बारुद २ डिब्बा बरामद गरेको हाे ।

त्यस्तै सोहि ठाउँका ४० वर्षीय बिरभाने ल्वारको छानोबाट एक नाले भरुवा बन्दुक (लोड गरेको) गोली १७ राउण्ड र बारुद २ डिब्बा बरामद गरेकाे छ ।

विज्ञापन

साथै सोही नगरपालिका ८ का ३० वर्षीय बल बहादुर् थापासँग पनि एक नाले भरुवा बन्दुक, पुरानो भरुवा बन्दुकको चाप फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार अबैध हातहतियार सहित उनिहरुलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार