होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २५ जेठ। खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले चामलमा २० प्रतिशत छुट दिएर विक्री गर्न थालेपछि खाद्य संस्थानमा चामल लिने ग्राहको भिड देखिन थालेको छ । कम्पनिले २१ जेठ बाट निषेधाज्ञाको समयलाई मध्येनजर गरी उपभोक्तालाई २० प्रतिशत छुट दिएर चामल विक्रि गर्न थालेपछि हिजो आज खाद्य संस्थानमा चामल लिने उपभोक्ताहरुको भिड नै लाग्ने […]
नागरिक रैबार/बाजुरा २५ जेठ। जिल्ला अस्पताल बाजुराको आईसोलेसन कक्षमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । बडीमालिका नगरपालिकामा संचालित युनिसेफकोे वास कार्यक्रम अन्तरगत जिल्ला अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरेको गरिएको हो । कोरोना पोजेटिभ भई जिल्ला अस्पताल बाजुराको आईसोलेनमा उपचारारत रहेका विरामीलाई मंगलबार अस्पतालको आईसोलेन कक्षमै पुगेर […]
प्रकाश विक/बाजुरा २५ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ र ९ मा रहेको बाउली बजार क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ । ५१ बढी परिवार बसोबास गर्दै आएको बाउली, अनाई र गणखेतमा अहिले खानेपानीको चरम अभाव भएको हो । बाउली बजार क्षेत्रका स्थानीयका लागि निर्माण गरिएको गुनिभर खानेपानीको ट्याकीं माथिबाट सडक निर्माण भएपछि खानेपानीको मुहान […]
नागरिक रैबार/बाजुरा २४ जेठ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ आलु बालीको पकेट एरियाका रुपमा परिचित वडा हो । वडामा जिल्ला भरीकै सवैभन्दा बढी आलु उत्पादन हुने गर्दछ् । यहाँका कृषकहरुले पनि आलु उत्पादन राम्रो हुने भएपछि जमिनमा अन्य बालीको तुलनामा आलुबाली नै बढी लगाउने गर्दछन् । यस वर्ष पनि वडामा आलुको उत्पादन विगतको भन्दा […]
नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुरामा खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले सर्वसाधारण उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यन्न विक्री वितरण गर्ने भएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बाजुरामा जारी भएको निषेधाज्ञा अवधिभर खाद्य संस्थानले साविकको मूल्यमा २० प्रतिशत रकम घटाएर चामल बिक्री वितरण गर्न लागेको हो । नेपाल सरकारको आव २०७८/७९ […]
नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुराको हिमाली गाउँपालिकाकि एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ कि ८१ बर्षिया महिला रहेकी छन् । लामो समय देखि दमको बिरामी भएकी महिलाको शनिबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । दमको रोगले ग्रस्त भएकी […]
नागरिक रैबार/बाजुरा २३ जेठ। साईन नेपाल धनगढीले बुढीगंगा नगरापालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । साईन नेपालले कोभिड-१९ रिलिफ सपोर्ट परियोजना अन्तर्गत बुढीगंगा नगरपालिकालाई कनसेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई लगाएतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको नगरप्रमुख दिपक […]
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । गृह मन्त्रीमा बाजुराका कर्ण थापाले दाबी गरेको बुझिएको छ । उनी एमाले ओली समूहको सुदूरपश्चिम अध्यक्ष हुन् । उनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंग पारिवारिक […]
चक्र बहादुर अयडी । त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले आधुनिक फलामे टनेलको अनुगमन गरिएको छ । कृर्षि ज्ञानकेन्द्र बाजुराको आर्थिक सहयोगमा र त्रिवेणी नगरपालिका कृर्षि शाखाको समन्वयमा निर्माण गरिएका त्रिवेणी नगरपालिकामा रहेका सात जना व्यवसायिक कृर्षकहरुले निमार्ण गरिएका फलामे टनेलको शुक्रवार अनुगमन गरिएको छ । निर्माण गरिएका टनेलहरुमा वेमौषमी लगाएतका तरकारी र विउविजन उत्पादन […]
२२ जेठ, बाजुरा । बाजुरा जिल्लामा आज ४३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ६ सय १६ पुगेको छ । आज ६० जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । आज बाजुरामा ४ जना निको भएर घर फर्किएका छन । जिल्लामा पछिल्लो […]
नागरिक रैबार/बाजुरा २१ जेठ ।सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले आर्थिक संकलन गरि सुदुरपस्चिम प्रदेशका ९ वटै जिल्लाहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले अष्ट्रेलियामा बस्ने नेपालीहरु संग २ लाख ६० हजार आर्थिक संकलन गरी सुदूपश्चिमका ९ वटा जिल्लामा प्रत्येक जिल्लाका लागि ३१ हजार बराबरका स्वास्थ्य सामाग्री सहयोग […]
नागरिक रैबार/बाजुरा २१ जेठ। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा व्यवसायीक कृषकहरुलाई वर्षे फलफुलका विरुवाहरु वितरण गर्ने भएको छ । ज्ञान केन्द्रले आज एक सूचना जारी गर्दै जिल्लाका कृषकहरुलाई जेठ २५ गते भित्र कृषि ज्ञान केन्द्र र सम्वन्धित स्थानीय तहमा सम्पर्क गरेर कम्तिमा ५० वटा वर्षे फलफुलका विरुवाको माग गर्न भनेको छ । फलफुल रोपौं, कृषक […]
चक्र बहादुर अयडी/बाजुरा २१ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकालाई पक्की सडक संजालसंग जोड्नका लागि मौरेमा मोटरेवल पक्की पुल निर्माण हुने भएको छ । विगत लामो समय देखिको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, माननिय लाल बहादुर थापा, जनकराज गिरी लगाएतका नेता तथा कार्यकर्ताको ठुलो पहल कदमि र प्रयास पछि सडक विभाग पुल महाशाखाबाट पक्किपुल निर्माण हुन […]
नागरिक रैबार/बाजुरा २१ जेठ। सुदूरुपश्चिम प्रदेश सरकारका एमालेका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहलाई प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टिकरण सोधेका छन् । मन्त्री शाहलाई पार्टी स्थायी कमिटीको निणर्य विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् । […]
नागरिक रैबार/बाजुरा २० जेठ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत कोरोना संक्रमण मुक्त भएका छन् । जेठ १३ गते एन्टिजेट विधिबाट गरिएको परिक्षणमा अध्यक्ष रावतलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण भएको ८ दिनपछि पुनः परिक्षण गर्दा कोरोनाको रिपोट नेगेटिभ आएको अध्यक्ष रावतले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । अध्यक्ष रावतले सामाजिक […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा आज २३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ५ सय ५२ पुगेको छ । आज ६४ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । त्यस्तै आज एक जना निको भएर घर फर्किएका छन । बाजुरामा निको […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरामा बैशाख २२ गतेबाट जारी गरिएको निषेधाज्ञा थपिएको छ । विहिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निणर्य गरको हो । जिल्लामा कोरोना महामारी र संक्रमण दर यथावत रहेकाले फेरी पनि निषेधाज्ञा थप्नु परेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले […]
जेठ २०, बाजुरा । बाजुराको गौमुल गाउँपालिका-४ मानाकोटकी मीना सार्कीको बारीमा यसपालि नयाँ बिरूवा हुर्किरहेका छन्। हुर्केका मात्रै होइनन् ती बिरूवामा फूल फूलेका छन्, साना-साना दाना पनि लागिसकेका छन्।मीनाले वर्षौंदेखि आफ्नो बारीमा आलु, गहुँ र सिमी लगाइन्। तर जति नै मेहनत गरे पनि बारीको उब्जनीले उनको परिवारलाई वर्षभरि हातमुख जोड्न पुग्दैनथ्यो। गत वर्ष जिल्लाको कृषि […]
महेश कुमार कार्की/काेल्टी१९ जेठ। बाजुरामा जारी निषेधाज्ञाकाे मौकामा कालोबजारी बढेको गुनासो भईरहेका बेला बुधबार बाजुराको जगन्नाथ गाउँपालिका वडा नं १ मा रहेको पिलुचौर बजारको अनुगमन गरिएको छ । निषेधाज्ञाकाे समयमा स्थानिय बजारहरुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि गरिएको र पुराना थन्कीएका सामान समेत विक्रिवितरण भईरहेको जनगुनासाे बढेपछि सरोकारावाला निकायले आज बजारको अनुगमन गरेको छ । […]
नागरिक रैबार/बाजुरा १९ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा खोज पत्रकारीता सम्वन्धि तालिम शुरु भएको हो । विगत लामो समय देखि रेडियो पत्रकारीता गरीरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै […]