होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा आज २३ जनामा कोरोना पुष्टि
समाचार

बाजुरामा आज २३ जनामा कोरोना पुष्टि

निषेधाज्ञा थपियो

  • नागरिक रैबार
बाजुरामा आज २३ जनामा कोरोना पुष्टि

नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा आज २३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ५ सय ५२ पुगेको छ । आज ६४ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।

त्यस्तै आज एक जना निको भएर घर फर्किएका छन । बाजुरामा निको हुनेको सख्या ३ सय ४४ पुगेको छ । हाल सम्म्म जिल्लामा १ सय ७९ जना सक्रिय संक्रिमीत रहेका छन ।

हाल सम्म १ हजार ४ सय ३ जनाको कोरोना परिक्षण गर्दा ५ सय ५२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ९ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

विज्ञापन

त्यसैगरी जिल्लामा कोरोनाको संक्रमण दर झन बढ्दै गएपछि आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाको समयावधि थप गरेको छ । गत वैशाख २२ गते बाट जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार