होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कालाेबजारी बढेपछि काेल्टी क्षेत्रका बजारकाे अनुगमन
समाचार

कालाेबजारी बढेपछि काेल्टी क्षेत्रका बजारकाे अनुगमन

  • नागरिक रैबार
कालाेबजारी बढेपछि काेल्टी क्षेत्रका बजारकाे अनुगमन

महेश कुमार कार्की/काेल्टी१९ जेठ।
बाजुरामा जारी निषेधाज्ञाकाे मौकामा कालोबजारी बढेको गुनासो भईरहेका बेला बुधबार बाजुराको जगन्नाथ गाउँपालिका वडा नं १ मा रहेको पिलुचौर बजारको अनुगमन गरिएको छ ।

निषेधाज्ञाकाे समयमा स्थानिय बजारहरुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि गरिएको र पुराना थन्कीएका सामान समेत विक्रिवितरण भईरहेको जनगुनासाे बढेपछि सरोकारावाला निकायले आज बजारको अनुगमन गरेको छ । अनुगमनको क्रममा केहि म्याद नाघेका अखाद्यबस्तु बरामत गरी नष्ट गरिएको जनाइएको छ ।

बुढीनन्दा नगरपालिकाकी उप-प्रमुख सृष्टि रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रतिनिधि  ईलाका प्रहरि कार्यालय कोल्टीका प्रतिनिधि, पत्रकार तथा बुढिनन्दा नगरपालिका अनुगमन समितिको रोहबरमा बजार अनुगमन गरि उक्त सामान बरामत गरिएको बताईएको छ ।

विज्ञापन

साथै बजार तथा समुदायमा तेल र चामलको मुल्य अस्वभाबिक रुपमा बृदि भएको जनगुनासो आईरहेकाबेला सो मुल्य मार्तडी बाटै बढेको पाईएकोले सम्बन्धित निकायबाटै थप अनुगमन हुनुपर्ने बुढिनन्दा नगरपालिकाका उपप्रमुख सृस्टि रेग्मिले बताउनु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार