होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • युनिसेफद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग
बडीमालिका

युनिसेफद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग

  • नागरिक रैबार
युनिसेफद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा २५ जेठ। जिल्ला अस्पताल बाजुराको आईसोलेसन कक्षमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

बडीमालिका नगरपालिकामा संचालित युनिसेफकोे वास कार्यक्रम अन्तरगत जिल्ला अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरेको गरिएको हो ।

कोरोना पोजेटिभ भई जिल्ला अस्पताल बाजुराको आईसोलेनमा उपचारारत रहेका विरामीलाई मंगलबार अस्पतालको आईसोलेन कक्षमै पुगेर बडमिालिका नगरपालिकाका प्रमुख पदम बडुवालले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका हुन् ।

विज्ञापन

बडीमालिका नगरपालिका र युनिसेफ संगको साझेदारीमा संचालनमा रहेको वास कार्यक्रमले नगरपालिका भित्रका कोरोना संक्रमितहरुलाई होम आईसोलेसनमा समेत गएर स्वास्थ्य सामाग्री वितरण गरीने युनिसेफ वास कार्यक्रमका बडीमालिका नगरपालिकाका संयोजक राजेन्द्र जैशीले बताएका छन् ।

बडीमालिका नगरपालिकामा मात्रै करिव १ सय बढी कोरोना संक्रमित देखिएका थिए । ति मध्ये कतिपयले कोरोना जितेर घर फर्किसकेका छन् भने कतिपय संक्रमितहरु अस्पताल तथा होम आईसोलेसनमा बसेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार