बिहिबार, साउन २१, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमेली नेपाली समाज अष्ट्रेलियाद्धारा स्वास्थ्य सामाग्री सहयोग
समाचार

सुदूरपश्चिमेली नेपाली समाज अष्ट्रेलियाद्धारा स्वास्थ्य सामाग्री सहयोग

  • नागरिक रैबार
सुदूरपश्चिमेली नेपाली समाज अष्ट्रेलियाद्धारा स्वास्थ्य सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा २१ जेठ ।सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले आर्थिक संकलन गरि सुदुरपस्चिम प्रदेशका ९ वटै जिल्लाहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले अष्ट्रेलियामा बस्ने नेपालीहरु संग २ लाख ६० हजार आर्थिक संकलन गरी सुदूपश्चिमका ९ वटा जिल्लामा प्रत्येक जिल्लाका लागि ३१ हजार बराबरका स्वास्थ्य सामाग्री सहयोग गरिएको सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ का अध्यक्ष सरोज सिंह ठकुरीले बताएका छन् ।

कोरोना भाईरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रण लागि भन्दै सुदूरपश्चिमेली नेपाली समाज अष्ट्रेलियामा संकलन गरेको रकमबाट धनगढीमा स्वास्थ्य सामाग्री खरिद गरी स्वास्थ्य सामाग्री अभाव भएका ९ वटै जिल्लाका स्वास्थ्य संस्थाका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

विज्ञापन

स्वास्थ्य सामाग्री अन्तरगत प्रत्येक जिल्लाका लागि पिपिई सेट ५, स्यानिटाईजर १५ लिटर, पल्स अक्सिमिटर १, सर्जिकल मास्क १५ सय पिस, सर्जिकल ग्लोव्स ५० पिस, पारा सिटामोल ५ सय एमजि ५ सय ट्याव्लेट र जिंक ट्याव्लेट ५ सय पिस सहयोग गरेको सुदूरपश्चिम प्रदेश सम्पर्क व्यक्ती प्रकाश सार्कीले बताएका छन् ।

स्वास्थ्य सामाग्री जिल्ला जिल्लामा पठाउने काम भईरहेको सुदुरपश्चिमेली नेपाली समाज सुदूरपश्चिम प्रदेश समितिका सम्पर्क व्यक्ति शार्कीले बताएका छन् । बाजुरा जिल्लामा भने टाँटे स्वास्थ्य चौकिका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको सम्पर्क व्यक्ति सार्कीको भनाईछ ।

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार