होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा खाद्य संस्थानको चामलमा २० प्रतिशत छुट
समाचार

बाजुरामा खाद्य संस्थानको चामलमा २० प्रतिशत छुट

  • नागरिक रैबार
बाजुरामा खाद्य संस्थानको चामलमा २० प्रतिशत छुट

नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुरामा खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले सर्वसाधारण उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यन्न विक्री वितरण गर्ने भएको छ ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बाजुरामा जारी भएको निषेधाज्ञा अवधिभर खाद्य संस्थानले साविकको मूल्यमा २० प्रतिशत रकम घटाएर चामल बिक्री वितरण गर्न लागेको हो ।

नेपाल सरकारको आव २०७८/७९ को आय-व्ययको बजेट वक्तव्यको राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम घोषणा अनुसार र कम्पनिको निर्देशनानुसार जेठ २१ गतेबाट लागु हुने गरी बाजुरामा निषेधाज्ञाको अवधिभर कार्यालयमा मौज्दात रहेको खाद्यन्नमा २० प्रतिशत छुटमा विक्री वितरण गर्न कम्पनिले बताएको छ ।

विज्ञापन

कम्पनिले यस अघि ३० केजिको अरुवा मोटा चामललाई १३ सय ५० रुपैयाँ लिँदै आएको थियो । कम्पनिले जारी गरेको सूचना अनुसार निषेधाज्ञा अवधिभर अव ३० केजिको अरुवा मोटा चामलको मुल्य १ हजार ८० मा विक्री गर्न लागेको हो । कम्पनिले चामल खरिद गर्न आउने उपभोक्ताहरुलाई अनिवार्य रुपमा नागरिकताको फोटोकपी सहित उपलव्ध गराउनु पर्ने जनाएको छ ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै