होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणी र बुढिगंगा जोडिने गरी मौरेमा पक्की पुल निर्माण हुने
समाचार

त्रिवेणी र बुढिगंगा जोडिने गरी मौरेमा पक्की पुल निर्माण हुने

  • नागरिक रैबार
त्रिवेणी र बुढिगंगा जोडिने गरी मौरेमा पक्की पुल निर्माण हुने

चक्र बहादुर अयडी/बाजुरा २१ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकालाई पक्की सडक संजालसंग जोड्नका लागि मौरेमा मोटरेवल पक्की पुल निर्माण हुने भएको छ ।

विगत लामो समय देखिको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, माननिय लाल बहादुर थापा, जनकराज गिरी लगाएतका नेता तथा कार्यकर्ताको ठुलो पहल कदमि र प्रयास पछि सडक विभाग पुल महाशाखाबाट पक्किपुल निर्माण हुन लागेको हो ।

सो ठाउँमा पुल निर्माण हुने भएपछि नगरबासिलाई आउजाउ गर्न सहज हुनुका साथै त्रिवेणी नगरपालिका मुख्य सडक संजालमा जोडिने भएको हो । वर्षायाम सुरु हुने वित्तिकै त्रिवेणी नगरपालिका मुख्य सडक संजाल बाट विमुख हुदै आएको थियो ।

विज्ञापन

त्रिवेणी र बुढिगंगा नदिको मौरेमा जोड्ने पक्कि पुलको ठेक्का आह्वान भएको अवर सुनेपछि सम्पुणर् नगरवासि खुसि भएका छन । पक्कि पुल निमाणर् हुने भएपछि नगरपालिकामा उत्पादन गरिएका सम्पुणर् सामानहरु ढुवानि गर्न सहज हुने भएको छ । पक्कि पुल निर्माणको लागि पहल कदमि गर्ने सम्पुणर् नेता तथा कार्यक्रतालाई नगर प्रमुख रामसिह रावलले धन्यबाद व्यक्त गर्नु भएको छ ।

No description available.

 

No description available.

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार