होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • काेल्टिमा पहिलाे पटक खाेज पत्रकारीता तालिम
समाज

काेल्टिमा पहिलाे पटक खाेज पत्रकारीता तालिम

  • नागरिक रैबार
काेल्टिमा पहिलाे पटक खाेज पत्रकारीता तालिम

नागरिक रैबार/बाजुरा १९ जेठ।  बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा खोज पत्रकारीता सम्वन्धि तालिम शुरु भएको हो । विगत लामो समय देखि रेडियो पत्रकारीता गरीरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै थप सक्षमता बृद्धि गर्ने उदेश्यले सो तालिमको आयोजना गरीएको हो ।

रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाहीको अध्यक्षतामा सञ्चालन भएको तालिममा बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी प्रमुख अतिथि रहनुभएको थियो । वडा नं दुईका वडाअध्यक्ष भीम बहादुर कार्की, स्वामीकार्तिक खापर गाउँपालिका वडा नं चारका वडाअध्यक्ष काशिराम कैला, ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक देवेन्द्र राज जोशी लगायत अतिथि रहनुभएको थियो ।

उदघाटन कार्यक्रममा सुभकामना मन्तब्य राख्दै अतिथिहरुले पत्रकारीता राज्यको चौथो अंग भएकाले यसले सत्य तथ्य समाचार सामग्रीहरु सम्प्रेषण गर्नु पर्ने र पत्रकारीताको विकासका लागि स्थानि यसरकाले समेत सहयोग गर्नुपर्ने बताएका छन । कार्यक्रममा वोल्दै बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले पत्रकार हुन सजिलो नभएको र सवैले पत्रकार हुन नसक्ने बताउनुभयो । बाजुराका अधिकासं पत्रकार फोटोकपी भएको बताउदै उहाँले नागरीकलाई सहि सुचना दिने उदेश्यका साथ जसले समाजका विभिन्न घटनालाई सत्य, तथ्य र निश्पक्ष तरीकाले सञ्चार माद्याम सम्म पुर्याउछ त्यो नै पत्रकार हुने बताउनुभयो ।

विज्ञापन

कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका नगरप्रमुख गिरीले रेडियो बुढीनन्दाका कारण यस क्षेत्रमा पत्रकारीतामा बृद्धि भएको र पत्रकारहरुले यहाँको विकास निमार्ण देखि विभिन्न कुरामा अग्रिणी भूमिका खेलेको बताउनुभयो । कुन्ना क्षेत्रमा सञ्चालित कुनै पनि सञ्चार माद्यामले समाजका सुक्ष्म कुरालाई नागरीक समक्ष पुर्याउनु पर्ने बताउदै उहाँले पत्रकारको हक हित र संरक्षणका लागि आफु र नगरपालिकाका सधै तत्पर रहेको उल्लेख गर्नुभएको छ । कोल्टीमा सञ्चालित होटेल अभिषेशको तालिम हलमा सञ्चालित कार्यक्रमको प्रशिक्षण मानव अधिकार पत्रकार संघ सुदुरपश्चिम प्रदेशका महाँसचिव तथा वरीष्ठ पत्रकार निमेन्द्र शाहीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार