बिहिबार, असार १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्ण थापाको गृहमन्त्रीमा दाबी
समाचार

कर्ण थापाको गृहमन्त्रीमा दाबी

  • नागरिक रैबार
कर्ण थापाको गृहमन्त्रीमा दाबी

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ ।

गृह मन्त्रीमा बाजुराका कर्ण थापाले दाबी गरेको बुझिएको छ । उनी एमाले ओली समूहको सुदूरपश्चिम अध्यक्ष हुन् । उनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंग पारिवारिक सम्बन्ध छ । यता प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा चुनाव गराउन सक्ने भरपर्दो पात्रको खोजी गरेका छन् ।

यसक्रममा महेश बस्नेतको नाम चर्चामा आए पनि प्रहरी संगठनले उनलाई नरुचाएपछि ओलीले विकल्प खोजीरहेका छन् । तथापि बस्नेतले भने पार्टीलाई सफल बनाउनका लागि आफूले. गृहमन्त्री पाउनुपर्ने प्रधानमन्त्री ओलीसँग माग गरेका छन् । खबरकुन्जबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै