होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कृषि ज्ञान केन्द्र बाजुराले वर्षे फलफुलका विरुवा वितरण गर्दै
समाचार

कृषि ज्ञान केन्द्र बाजुराले वर्षे फलफुलका विरुवा वितरण गर्दै

  • नागरिक रैबार
कृषि ज्ञान केन्द्र बाजुराले वर्षे फलफुलका विरुवा वितरण गर्दै

नागरिक रैबार/बाजुरा २१ जेठ। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा व्यवसायीक कृषकहरुलाई वर्षे फलफुलका विरुवाहरु वितरण गर्ने भएको छ ।
ज्ञान केन्द्रले आज एक सूचना जारी गर्दै जिल्लाका कृषकहरुलाई जेठ २५ गते भित्र कृषि ज्ञान केन्द्र र सम्वन्धित स्थानीय तहमा सम्पर्क गरेर कम्तिमा ५० वटा वर्षे फलफुलका विरुवाको माग गर्न भनेको छ ।

फलफुल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागि बनौं भन्ने नाराका साथ संचालन गरिएको रोपण वर्ष २०७७ को अवसरमा कृषकहरुलाई वर्षे फलफुलका विरुवा वितरण गर्न लागिएको कृषि ज्ञान केन्द्र बाजुराका का सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

उनका अनुसार सूचना जारी भएको समयभित्र सम्पर्क गर्ने व्यवसायीक कृषकलाई कागती, सुन्तला, मौषमी, आँप र लिचिको वगैचा व्यवस्थापनका लागि सहयोग गरिने छ ।

विज्ञापन

म रोप्छु, हामी रोप्छौ, सबैले फलफुल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागि बनौ भन्ने मुल नाराका साथ २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा लिएर बाजुरामा कृषि क्षेत्रका कार्यक्रमहरु गरिरहेको छ ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार