होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीकी एक महिलाको कोरोनाका कारण ज्यान गयो
समाचार

हिमालीकी एक महिलाको कोरोनाका कारण ज्यान गयो

  • नागरिक रैबार
हिमालीकी एक महिलाको कोरोनाका कारण ज्यान गयो

नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुराको हिमाली गाउँपालिकाकि एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ कि ८१ बर्षिया महिला रहेकी छन् । लामो समय देखि दमको बिरामी भएकी महिलाको शनिबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।

दमको रोगले ग्रस्त भएकी उनको एन्टिजेन बिधीबाट गरीएको परिक्षणमा कोरोना संक्रमण भएको थियो । उनको कोरोनाका कारण मृत्यु भएसंगै बाजुरा जिल्लामा नयाँ भेरियन्टको कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

त्यस्तै जिल्ला अस्पताल बाजुराबाट रिफर गरिएका बाजुराकै तीन जना कोरोना संक्रमितको जिल्ला बाहिर मृत्यु भएको थियो । हालसम्म कोरोनाकै कारण बाजुराका ११ जनाको मृत्यु भएको छ भने  बाजुरामा हालसम्म ६ सय ५१ जना कोरोना संक्रमित भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार