होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
नागरिक रैबार/बाजुरा ३१ असार। जिल्लाको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकामा भए गरेका कामहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न नगरपालिकाले गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखाजोखा सार्वजनिक गरेको हो । नगरबासीलाई नगरले गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले बुढीनन्दा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना […]
नागरिक रैबार/बाजुरा २२ असार। जिल्लाको बुढिनन्दा नगरपालिकाका १० वटै वडामा अबदेखि वडाका न्यायिक मुद्धा हेर्न सजिलो हुने भएको छ । सोमबार नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई कार्य सम्पादन तथा न्यायिक प्रकृया सम्बन्धी प्रशिक्षण गरेपछि अव वडामै न्यायिक मुद्धाहरु सम्पादन गर्न सजिलो हुने भएको हो । नगरपालिकाको न्यायिक समितिले वडा नं १ देखी १० का वडा अध्यक्ष […]
जीवन कैला/काेल्टी २१ बाजुरा। बाजुराको कोल्टीमा अाईतबार साँझ केपी ओली सरकार विरुद्ध राके जुलुस सहित युवाहरू सडकमा ओर्लीएका छन । अहिले सरकारको नेतृत्व गरिरहेका केपी आलीले संविधानको उलंघन गर्दै अराजक शैलीमा देशमा शासन गरिरहेको भन्दै बाजुराकाे काेल्टीमा युवाहरुले केपीओलीको पुत्ला दहन समेत गरेका हुन । विभिन्न राजनैतिक दलका भातृसंघहरुले आईतबार साँझ कोल्टी बजारमा केपीओली सरकारको […]
जिल्लाको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले बुढीनन्दा नगरपालिकाको विकासका लागि निरन्तर लागिरहेको बताएका छन् । भिडिसहित हेर्नुहोस ।
मदन विक/बाजुरा १३ असार। जिल्लाको सदरमुकाम मार्तडी पछिको दोस्रो ठुलो बजारका रुपमा परिचित बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी बजारको मुहार फेरिदै गएको छ । बजारमा साँघुरो बाटो, जथाभावी पाईपलाईन, अव्यवस्थित ढलनिकास र हिल्लाम्मे सडकका कारण वर्षौदेखि अब्यबस्थित बजारका रुपमा चिनिएको कोल्टी बजारले यतिबेला मुहार फेर्ने तयारी गरेको छ । जिल्लाका पुर्वीउत्तरी क्षेत्रका ३ गाउँपालिका र […]
नागरिक रैबार/बाजुरा २ असार। बाजुरामा खोलाले बगाएर वेपत्ता भएका एक जनाको २ दिनपछि शव भेटिएको छ भने अर्का अझै वेपत्ता छन्।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला लुहारको शव भेटिएको हो। उनको मंगलबार शव भेटिएको प्रहरीले जनाएको छ। यस्तै त्रिवेणी नगरपालिका–५ किम्नीका १३ वर्षीय कमल बुढा भने अझै वेपत्ता छन्। […]
दुई वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । लाटा घटाल मल्टिमिडिया प्रालिद्धारा संचालन हुने गरी नागरिक रैबार (www.nagarikraibar.com) बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका ९ माझगाउँमा प्रधान कार्यालयबाट संचालन संचालनमा रहेको छ । नागरिक रैबार डट कम पाठक, दर्शक […]
महेश कुमार कार्की/काेल्टी१९ जेठ। बाजुरामा जारी निषेधाज्ञाकाे मौकामा कालोबजारी बढेको गुनासो भईरहेका बेला बुधबार बाजुराको जगन्नाथ गाउँपालिका वडा नं १ मा रहेको पिलुचौर बजारको अनुगमन गरिएको छ । निषेधाज्ञाकाे समयमा स्थानिय बजारहरुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि गरिएको र पुराना थन्कीएका सामान समेत विक्रिवितरण भईरहेको जनगुनासाे बढेपछि सरोकारावाला निकायले आज बजारको अनुगमन गरेको छ । […]
नागरिक रैबार/बाजुरा १९ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा खोज पत्रकारीता सम्वन्धि तालिम शुरु भएको हो । विगत लामो समय देखि रेडियो पत्रकारीता गरीरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुरा जिल्लामा नागरिक अगुवाहरुले सँकलन गरेको रकमबाट खरिद गरिएका अक्सिजन सिलिन्डर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ । त्यस्तै जगन्नाथ गाउँपालिकामा रहेको जुड्डि अस्थायि कोभिड अस्पताललाई ४ वटा सिलिन्डर सहयोग गरेको अभियानका अगुवा तथा पत्रकार प्रकाश सिंहले वताएका छन् । बाजुरा स्थित नागरिक अगुवाले आर्थिक संकलन गरेर बाजुरा जिल्लामा २५ […]
नागरिक रैबार/बाजुरा १६ जेठ। आर्थिक वर्ष २०७८/७९ का लागि केपि ओली नेतृत्वको सरकारले जेठ १५ गते (हिजो) सार्वजनिक गरेको बजेटमा बाजुराका ९ वटा स्थानीय तहहरुका लागि २ अर्व ६७ करोड बढी बजेट विनियोजन भएको छ। आगामी आर्थिक बर्षमा बाजुराका स्थानिय तहरुका लागि सरकारको अन्र्तर सरकारी वित्तिय हस्तान्तरण माफर्त २ अर्व ६७ करोड ४० लाख रकम […]
नागरिक रैबार/बाजुरा १६ जेठ। बाजुरा जिल्लामा न्यून रहेको कोरोना परिक्षणको दर बढाईने भएको छ । जिल्लाका ९ ओटै स्थानिय तहका गाउँ गाउँमा कोरोना भाईरस संग मिल्दो जुल्दो लक्षणका बिरामीहरु रहेको तर कोरोना पोजेटिभ देखिने डरले स्वास्थ्य सँस्था नजाने देखिएकोले गाउँ गाउँ टोलमै गएर परिक्षण गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले […]
२३ बाजुरा,। बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३८ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ४६ पुगेको छ । आज १ सय ३२ जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा १ सय १४ जना होम आइसोलेशनमा र ३८ जना […]
धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीलाई कोरोना भाइरसको संक्रमण फेला परेको छ। ऐन्टिजेन विधिबाट परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण देखिएको उनले बताइन। बिगत ३ दिनदेखि सुख्खा खोकी र शरीर दुख्ने समस्या भएपछि परीक्षण गर्दा कोरोना संक्रमण फेला परेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्। उनले हाल स्वासप्रस्वासमा कुनै समस्या नदेखिएको बताएकी छन्। आफु […]
२० वैशाख, बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १४ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ६७ पुगेको छ । आज थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा १० जना बुढिनन्दा नगरपालिकामा १, बुढिगंगा नगरपालिकामा १ हिमाली गाउँपालिकामा १ र स्वामिकार्तिक […]
प्रकास विक/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सूरु हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजबाट सदरमुकाम मार्तडीमा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयहरु सहभागिता जनाउने आयोजक खेलकुद विकास समितिले बताएको छ । यस अघि पालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियोगितामा […]
बाजुरा ८चैत्र । बाजुराको बुढिनन्दा नगरपालिका २ कोल्टीका धर्मेन्द्र सुुनार भ्वाइस अफ द नेपालमा छनोट भएका छन् । २४ वर्षका सुनार ‘दि भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनोट भएका छन् । बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ द नेपालमा पठाएपछि उनी छनोट भएका थिए । भ्वाइस अफ द नेपालका जजले उनको स्वर तथा […]
बाजुरा २५, फाल्गुन । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक कालाजार रोगका बिरामीको सफल उपचार भएको छ। यसअघि कालाजारका बिरामीलाई तराईका जिल्ला, सुुर्खेत तथा नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता थियो। तर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाटै कालाजारको उपचार हुने भएपछि उक्त बाध्यताको अन्त्य भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले बताए।पहिलोपटक कालाजारबाट ग्रसित भएकी स्वामीकार्तिक खापर […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार फलफूलका विरुवा रोपिएका छन् । गरिवी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले २०७७ साल लाई फलफूल रोपण वर्षका रुपमा घोषणा गरेसंगै जिल्लाभर १ लाख २५ […]