होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • कोल्टी बजारको मुहार फरिदै
हिमाली

कोल्टी बजारको मुहार फरिदै

  • नागरिक रैबार
कोल्टी बजारको मुहार फरिदै

मदन विक/बाजुरा १३ असार। जिल्लाको सदरमुकाम मार्तडी पछिको दोस्रो ठुलो बजारका रुपमा परिचित बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी बजारको मुहार फेरिदै गएको छ । बजारमा साँघुरो बाटो, जथाभावी पाईपलाईन, अव्यवस्थित ढलनिकास र हिल्लाम्मे सडकका कारण वर्षौदेखि अब्यबस्थित बजारका रुपमा चिनिएको कोल्टी बजारले यतिबेला मुहार फेर्ने तयारी गरेको छ ।

जिल्लाका पुर्वीउत्तरी क्षेत्रका ३ गाउँपालिका र एक नगरपालिका सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीयहरुको मुख्य व्यापारीक केन्द्रका रुपमा रहेको कोल्टी बजारलाई व्यवस्थापन गर्न अहिले बुढीनन्दा नगरपालिकाले विशेष ध्यान दिइ लगानी गरेर अगाडि बढेको नगरप्रमुख पदम कुमार गिरीले बताएका छन् ।

कोल्टी बजारलाई व्यवस्थित बनाउन बुढीनन्दा नगरपालिकाले बजार क्षेत्रभित्र अहिले व्यवस्थित चौडा सडक निर्माण गरिरहेको छ । पहिलोचरणमा कोल्टीको तल्लोबजार हुँदै लालटिनबजार सम्मको सडक निर्माण गर्न लागेको नगरप्रमुख गिरीको भनाई छ । विकासको क्रममा रहेको बुढीनन्दा नगरपालिकाले कोल्टी क्षेत्रमा बजारको व्यवस्थापन संगसंगै विषेश गरेर खानेपानी, विजुली, र टेलिफोन सेवाको समस्यालाई मध्येनजर गरेर अगाडि बढेका छौं नगरप्रमुख गिरीले भने ।

विज्ञापन

यस अघि कोल्टी बजारमा खानेपानिका पाइपलाईन अस्ब्यस्त, बजारमा जथाभावी गाडी पार्किङ्ग, साँघुरो बाटो त्यसैमा हिलाम्मे भएर अस्तव्यस्त देखिन्थ्यो आज भोली बजार व्यवस्थित बन्दै गएपछि व्यापारको प्रर्वद्धन हुने स्थानीय जानकी गिरीको भनाई छ ।

बुढीनन्दा नगरपालिकाले यस वर्ष कोल्टीबजारलाई ब्यबस्थित गर्न शुरु गरेपछि बजारको मुहार नै परिवर्तन हुँदै गएको स्थानीय जीतबहादुर शाहीले बताएका छन् । उनले भने बुढीनन्दा नगरपालिकाले बजारको मात्रै मुहार परिवर्तन गरेर नभई यस क्षेत्रको प्रमुख समस्याहरु खानेपानी, संचारसेवा, विद्युत सेवाका लागि पनि विशेष लगानी गर्न आवश्यक रहेको छ ।

अहिले कोल्टीबजारमा चौडा सडक निर्माण भईरहेको छ । पहिलो चरणमा करिव १२ सय मिटर सडक निर्माण हुने नगरपालिकाले जनाएको छ । सडक निर्माण सम्पन्न पछि कोल्टीबजारको स्वरुप नै फेरिने भएको छ । कोल्टीबजारमा बुढीनन्दा नगरपालिकासहित ४ वटा स्थानीय तह र छिमेकी जिल्लाका स्थानीयहरु बसोबास गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार