होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • कन्चनपुरका घर भएका एकजना पुरूष बाजुरामा मृत फेला
बुढीनन्दा

कन्चनपुरका घर भएका एकजना पुरूष बाजुरामा मृत फेला

  • नागरिक रैबार
कन्चनपुरका घर भएका एकजना पुरूष बाजुरामा मृत फेला

नागरिक रैबार
बाजुरा ३ असाेज। कन्चनपुर जिल्ला घर भएका  एकजना पूरूष बाजुराकाे बुढीनन्दा नगरपालिका १ सेरकाेटमा मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा कन्चनपुर जिल्लाकाे पुनरवास नगरपालिकाका अन्दाजि ३५ वर्षका गणेश रेग्मी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरिक्षक बलेन्द्र नाथले बताएका छन् ।
उहाँका अनुसार मृत अवस्थामा  फेला परेका पूरूष  कच्चनपुर घर भई हाल काेल्टीमा रहेकाे सुजन बाेडिङ स्कुलमा पढाउदै अाएका थिए ।
अाईतबार साँझ बुढीनन्दा नगरपालिका वडा नं. १ कोल्टीकाे तल्लो वजार नजिकै सेरकोटमा स्थानीय  महिलाले खेतमा घाँस काट्न जाने क्रममा कोदो बारीमा मृत अवस्थामा फेला पारेकाे प्रहरीले बताएको छ ।
उनको के कति कारणले हत्या भएको हो भन्ने विषयमा लासको पोर्टमार्टम गरेपछि थाहा पाउन सकिने  प्रहरीले जनाएको छ ।
मृतक रेग्मीकाे शवलाई प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार