होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • विशेष
  • स्वास्थ्य मापदण्ड पुरा नगरे बाजुराका विद्यालय बन्द हुने
विशेष

स्वास्थ्य मापदण्ड पुरा नगरे बाजुराका विद्यालय बन्द हुने

  • नागरिक रैबार
स्वास्थ्य मापदण्ड पुरा नगरे बाजुराका विद्यालय बन्द हुने
साँकेतिक बाेर्ड

बाजुरा २५ साउन ।
जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

 

कोरोना संक्रमणको जोखिम बढीरहेकाले विद्यालय सञ्चालनमा विशेष सावधानी अपनाउनु आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताउनु भएको छ ।
कक्षामा कम्तीमा ३० जना त्यो पनि एक बेञ्चमा २ जना विद्यार्थी भन्दा बढी राख्न नपाइने र प्रत्येक विद्यार्थीले अनिवार्य मास्क, सेनिटाइजर, नियमित स्वास्थ्य जाँच र सामाजिक दुरीको ख्याल गर्न सकिने अवस्थामा मात्र विद्यालय सञ्चालन गर्नु पर्ने निर्देशन दिएको छ ।

विज्ञापन

सबैलाई नियमित स्वास्थ्य जाँच, मास्क सहिका सुरक्षा सावधानी अपनाउन नसकिने अवस्थामा विद्यालय बन्द गर्न र वैकल्पिक पठनपाठनको विकल्पमा जान पनि प्रशासनले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
प्रत्येक विद्यालयको अवस्था अध्ययन तथा अनुगमन गरि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा नगरिएको र गर्न नसकिने विद्यालयको हकमा तत्काल बन्द गराउन स्थानीय तहलाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । मार्तडी स्थित समता स्कुल भने विद्यार्थीमा कोरोना देखिएका कारण यतिबेला बन्द अवस्थामा रहेको छ ।

हेर्नुस् पत्र सहित ‍‍‍‍।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै