होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कोल्टी क्षेत्रका समस्याको समाधान दशैँ अगाडि नै होस !
समाज

कोल्टी क्षेत्रका समस्याको समाधान दशैँ अगाडि नै होस !

  • नागरिक रैबार
कोल्टी क्षेत्रका समस्याको समाधान दशैँ अगाडि नै होस !

नागरिक रैबार/बाजुरा ८ असोज। बाजुरा जिल्लाको पुर्विउत्तरी क्षेत्रका १ नगरपालिका सहित ३ गाउँपालिकाका मुख्य ३ वटा प्रमुख समस्याहरुको समाधान दशैं अगाडी नै गरिनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ ।

नागरिक अधिकार संरक्षण केन्द्र कोल्टी बाजुराका अध्यक्ष सर्पलाल गिरीले कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकहरु विभिन्न सेवाबाट वन्चित भएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएका हुन् ।

कोल्टी क्षेत्रमा वर्षाको समयमा विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक, विद्युत, खानेपानी, खाद्यन्न लगायतका सेवाहरुबाट यहाँका नागरिकहरु बन्चित भएकोले दशैं अगाडि नै यस क्षेत्रका प्रमुख समस्याहरुको समाधानका लागि पहल गर्न अध्यक्ष गिरीले ज्ञापन सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीलाई ज्ञापन पत्र मार्फत आग्रह गरेका छन् ।

विज्ञापन

नागरिक अधिकार संरक्षण केन्द्रका अध्यक्ष गिरीले बुढीनन्दा नगरपलिकाको कोल्टी बजारमा रहेको खाद्य संस्थानको डिपो कार्यालयमा चामल सकिएको महिना दिन वित्दा समेत सरोकारावालाले चासो नदिएकोले यसमा विशेष ध्यान दिएर दशैं अगाडि नै कोल्टी क्षेत्रमा चामलको व्यवस्था गर्न प्रशासनलाई आग्रह गरेका छन् ।

त्यस्तै बर्षातको समयमा विग्रेको मार्तडी कोल्टी सडकलाई सूचारु गर्नुपर्ने, वर्षातको समयमा पुर्वीउत्तरी क्षेत्रमा चल्ने जिप व्यवसायीहरुले सर्वसाधारण यात्रुहरुबाट मनोमानी भाडा लिने गरेका यसमा प्रशासनले विशेष ध्यान दिनु पर्ने गिरीले ज्ञापन पत्र बुझाउँदै गुनासो गरेका थिए । त्यस्तै ज्ञापन पत्र मार्फत बुढीनन्दा नगरपालिका लगायतका क्षेत्रमा मोवाइल नेटवर्क र इन्टरनेटको समस्या यथावत रहेकोले तत्कालै यस विषयमा ध्यान दिन जरुरी रहेको अध्यक्ष गिरीले बताएका छन् ।

नागरिक अधिकार संरक्षण केन्द्रले कोल्टी क्षेत्रका विभिन्न समस्याको समाधानका लागि बुझाएको ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने यी समस्याहरुको समाधानका लागि सम्वन्धित निकायसंग समन्वय गरिने बताएका छन् ।

हेर्नुहोस ज्ञापन पत्र

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार