होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली सरकार विरुद्ध काेल्टीमा विद्यार्थीकाे राँके जुलुस
समाचार

ओली सरकार विरुद्ध काेल्टीमा विद्यार्थीकाे राँके जुलुस

  • नागरिक रैबार
ओली सरकार विरुद्ध काेल्टीमा विद्यार्थीकाे राँके जुलुस

जीवन कैला/काेल्टी २१ बाजुरा। बाजुराको कोल्टीमा अाईतबार साँझ केपी ओली सरकार विरुद्ध राके जुलुस सहित युवाहरू सडकमा ओर्लीएका छन ।  अहिले सरकारको नेतृत्व गरिरहेका केपी आलीले संविधानको उलंघन गर्दै अराजक शैलीमा देशमा शासन गरिरहेको भन्दै बाजुराकाे काेल्टीमा युवाहरुले केपीओलीको पुत्ला दहन समेत गरेका हुन ।

विभिन्न राजनैतिक दलका भातृसंघहरुले आईतबार साँझ कोल्टी बजारमा केपीओली सरकारको विरोध गर्दै प्रर्दशन गरेका छन । नेविसंघ, अनेरास्ववियु नेपालखनाल समूह, अनेरास्ववियु क्रान्तीकारी, तरुण दल, युवा संघ वाइसिएल लगायत गठबन्धनका युवा विधार्थि भातृ संगठनहरुले साँझ केपी ओलीको पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरेका हुन ।

केपी अ‍ोलीले संविधानको उलंघन गर्दै राष्टपतिको आडमा अराजक शैलीमा अघि बढेको युवा विद्यार्थीहरुको आरोप छ । केपी ओली नेतृत्वको सरकारले दुई पटक संसद विघटन गरी निर्वाचनको घोषणा गरेको छ । संसद विघटन सम्वन्धी मुद्धा हाल संवैधानिक इजलासमा बहसको क्रममा रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै