होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नागरिक अगुवाद्धारा कोल्टी क्षेत्रमा १० वटा अक्सिजन सिलिन्डर सहयोग
समाज

नागरिक अगुवाद्धारा कोल्टी क्षेत्रमा १० वटा अक्सिजन सिलिन्डर सहयोग

  • नागरिक रैबार
नागरिक अगुवाद्धारा कोल्टी क्षेत्रमा १० वटा अक्सिजन सिलिन्डर सहयोग

नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुरा जिल्लामा नागरिक अगुवाहरुले सँकलन गरेको रकमबाट खरिद गरिएका अक्सिजन सिलिन्डर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ । त्यस्तै जगन्नाथ गाउँपालिकामा रहेको जुड्डि अस्थायि कोभिड अस्पताललाई ४ वटा सिलिन्डर सहयोग गरेको अभियानका अगुवा तथा पत्रकार प्रकाश सिंहले वताएका छन् ।

बाजुरा स्थित नागरिक अगुवाले आर्थिक संकलन गरेर बाजुरा जिल्लामा २५ वटा ५२ केजीका अक्सिजन सहित सिलिन्डर सहयोग गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् ।

जिल्ला अस्पताल बाजुरालाई पहिलो चरणमा १० र दोस्रो पटक ५ वटा गरि १५ वटा अक्सिजन सहित सिलिन्डर सहयोग गरेको अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जैशीले वताएका छन् ।

विज्ञापन

अक्सिजन सहयोग अभियानमा ६ लाख ७० हजार ७ सय ८३ रकम जम्मा भएको थियो । बाजुरामा अक्सिजन सहयोगका लागि ब्यापारि, स्वास्थ्यकर्मी, नागरिक समाज, कर्मचारी र बिदेशमा जागिर गर्ने नेपालीले सहयोग गरेको नागरिक अगुवा बिर बहादुर बिष्टले वताएका छन् ।

अक्सिजन अभाब र कालोबजारी भइरहेका बेला बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको समन्वयमा २५ वटा अक्सिजन सिलिन्डर सहित खरिद गरेर बाजुराका तिन वटा अस्पताललाई सहयोग गरेको नागरिक अगुवा अध्यक्ष चक्र मल्लले वताए । नेपालगञ्जमा प्रति सिलिन्डर २५ हजारका दरले खरिद गरिएको थियो । अस्पताल बाजुरालाई २ वटा फलोमिटरको सेट सहित सहयोग गरिएको थियो ।

दुुई पटक गरेर सिलिन्डर गाडिमा नेपालगञ्ज बाट बाजुरा पुुयाएको थियो । एकपटकको मार्तडी सम्म ३० हजार भाडा खर्च भएको थियो । गाडि चालकलाई एकपटकको खाना खर्च बाफत ५ हजार दिइएको थियो । त्यस्तै मार्तडी बाट कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र र जुड्डि अस्थायि कोभिड अस्पतालमा मार्तडी बाट ढुवानी गरेको थियो । मार्तडी देखी जुठ्ठि सम्म गाडि भाडा २५ हजार खर्च भएको अक्सिजन सिलिन्डर खरिदका लागि पहल भइरहेको अभियान्ता सुरेन्द्र नाथले वताएका छन् ।

संकलन भएको ६ लाख ७० हजार ७ सय ८३ रकम कम भएको भाडाको ब्यबस्थापनका लागि अन्यत्र पहल भइरहेको प्रकाश सिंहले वताएका छन् । अस्पतालमा अक्सिजनको चरम अभाब भइरहेका बेला नागरिक अगुवाले आर्थिक संकलन गरेर अक्सिजन सिलिन्डर सहित अक्सिजन अस्पताललाई हस्तान्तरण गर्दा ठुलो सहयोग भएको जगन्नाथ गाउँपकिाल अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् । गाउँपालिकामै अक्सिजन सिलिन्डर उपलब्ध गराएको खुशी हुदै भने सम्पुणर् सहयोगीलाई धन्यवाद दिएका छन् । बाजुरा बाट अक्सिजन भर्नका लागि धनगढी जानु पर्ने बाध्यता रहदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले यो संकटको बेला सहयोग गर्ने सहयोगिलाइ धन्यवाद दिएका छन् । संकटको बेला सहयोग गर्ने राज्यको दाहित्व सँगै नागरिकको पनि रहेको अधिकारीले वताए । बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम कुमार गिरीले भने अक्सिजन अभाब भएको बेला कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन पुुयाउदा बिरामीलाई ठुलो सहयोग हुने वताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार