होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • बुढीनन्दा नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम
बुढीनन्दा

बुढीनन्दा नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

  • नागरिक रैबार
बुढीनन्दा नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

नागरिक रैबार/बाजुरा ३१ असार। जिल्लाको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकामा भए गरेका कामहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न नगरपालिकाले गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखाजोखा सार्वजनिक गरेको हो ।

May be an image of 2 people, people standing and indoor

नगरबासीलाई नगरले गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले बुढीनन्दा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको नगरउपप्रमुख श्रृष्टी रेग्मीले बताएकी छन् ।नगरपालिकाले आर्थिक वर्ष २०७७, ०७८ मा ४० करोड ३० लाख ५२ हजार १ सय ६ रुपैँया अर्थात कुल वजेटको ७९ प्रतिशत वजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विज्ञापन

May be an image of 2 people, people sitting and people standing

चालु खर्च २३ करोड ९१ लख ५८ हजार ९ सय ८१ रुपैँया २७ पैशा अर्थात ८४.९२ प्रतिशत र पुँजिगत खर्च १६ करोड ३८ लाख ९३ हजार १ सय २५ रुपैँया अर्थात ७९.१२ प्रतिशत खर्च भएको बुढाले प्रश्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७७, ०७८ मा बुढीनन्दा नगरपालिकाको कुल आम्दानि ४४ करोड ३७ लाख ४३ हजार ८ सय १८ रहेको थियो । ४ करोड ६ लाख ९१ हजार ७ सय १२ रुपैँया खर्च हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत बुढाले जनाकारी दिएका छन । खर्च भएको रकम मध्य सामाजिक विकास क्षेत्रतर्फ २२ करोड ८ लाख ४५ हजार ८ सय ७७ रुपैँया आर्थिक विकास क्षेत्रमा ३ करोड ९० लाख १५ हजार ४ सय ६४ रुपैँया, भौतिक पुर्वाधार क्षेत्रतर्फ ४ करोड ९३ लाख ८७ हजार ४ सय ८४ रुपैँया, सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा १ करोड ४३ लाख १६ हजार ५ सय ४१, कार्यालय संचालन तथा प्रशासनिक तर्फ ७ करोड ९४ लाख ८६ हजार ७ सय ३८ रुपैँया खर्च भएको छ ।

May be an image of one or more people and people standing

यस्तै नगरपालिकाले यस आर्थिक बर्षमा वडा स्तरका योजना १ सय ३९ वटा निर्माण सम्पन्न गरेको भने नगरपालिका स्तरीय योजना ५१ वटा, उपभोक्तामार्फत संचालन भएका योजना १ सय ९० वटा, दरभाव पत्र वोलपत्रवाट ७ वटा, प्रधानमन्त्री रोजगार कार्यक्रमवाट २४ वटा, रास्टपति शैक्षिक सुधार कार्यक्रमका १८ वटा, आधारभुत स्वास्थ्य इकाइ भवन ८ वटा, शिक्षावाट संचालन योजना ३ वटा कर्कटपाता छाना निर्माण पहिलो किस्तामा १ सय २४ घर, बहुक्षेत्रिय पोषण कार्यक्रम १८ वटा, सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु ४ हजार ५ सय ४८ जना, घटना दर्ता भएका जम्मा १ हजार ९८ रहेका छन । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुखहरु कर्मचारी, राजनितिक दलका प्रमुख तथा प्रतिनिध, सुरक्षाकर्मी, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार