होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • नागरिक रैबार आजबाट तेस्रो वर्षमा प्रवेश !
बुढीनन्दा

नागरिक रैबार आजबाट तेस्रो वर्षमा प्रवेश !

  • नागरिक रैबार
नागरिक रैबार आजबाट तेस्रो वर्षमा प्रवेश !

दुई वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं ।

लाटा घटाल मल्टिमिडिया प्रालिद्धारा संचालन हुने गरी नागरिक रैबार (www.nagarikraibar.com) बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका ९ माझगाउँमा प्रधान कार्यालयबाट संचालन संचालनमा रहेको छ ।

नागरिक रैबार डट कम पाठक, दर्शक र श्रोतामाझ २ वर्ष अगाडि आजैकै दिनमा आएको थियो । यहाँहरूको निरन्तर साथ र सहयोगमा आजबाट हाम्रो यात्रा तेस्रो वर्षमा प्रवेश गरेको छ ।

विज्ञापन

एउटा मिडिया हाउसका निम्ति दुई वर्षको अवधि लामो होइन् । आफूलाई कसरी व्यावसायिक र जिम्मेवार ढंगमा अघि बढाउने भन्ने सवालमा गृहकार्य गर्दागर्दै यो अवधि बित्छ । तर नागरिक रैबारले यो छोटो अवधिमै जिल्लाका पाठकवर्ग, विज्ञापनदाता तथा अन्य शुभेच्छुकबाट जेजस्तो सद्भाव, प्रेम र स्नेह पाउन सफल भएको छ, त्यसबाट हामी निकै उत्साहीत भएका छौं ।

यो अनलाईनकोे बाजुराबाट प्रारम्भ गर्नुनै अनलाइन पत्रकारितामा नयाँ अभ्यासको थालनीको जमर्को थियो । सूचना प्रविधीको वर्तमान युगमा हरेक मानिसका हात-हातमा समाचार, सूचना, विचार र मनोरन्जन पुर्‍याउने हाम्रो एकमात्र लक्ष्य हो । र, तेस्रो वर्षमा पाइला टेक्दै गर्दा हामी दोहोर्‍याउन चाहन्छौं यो क्रम जारी रहनेछ ।

अहिले जिल्लामा थुप्रै अनलाइन, पत्रपत्रिका, रेडियो र टेलिभिजनलगायतका विविध सञ्चार माध्यमबीच सूचना दिने चर्को होडबाजी छ । यही चर्को होडबाजीकै बीच हामी पनि नागरिक रैबार अनलाइन पत्रिका मार्फत डिजिटल प्रविधि मार्फत जनतालाइ समाचारका माध्यमबाट सुसुचित गर्न आएका छौं ।

तथ्यपरक पत्रकारितामार्फत समाजलाई जागरुक गराउनेतिर पनि हामी क्रियाशील हुनेछौं । हामी हाम्रा पाठकहरुहरुको सुझावलाई हमेशा उच्च महत्व दिन्छौं, आगामी दिनहरुमा यहाँका सुझावहरु हाम्रा लागि अझ महत्वपूणर् हुने कुरामा विश्वास दिलाउन चाहन्छौं । सबल शासन ब्यवस्थाका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण पक्ष हो । त्यसैले आगामी दिनमा हामी जनताका आवाजहरुलाई नागरिक रैबार मार्फत थप मुखरित गर्ने कुरामा जोड दिनेछौं ।

यो दुई वर्षको छोटो अवधिमै हाम्रा तमाम पाठकहरुले गर्नुभएको अगाध मायालाई हामी नमन गर्न चाहन्छौं । साथै, तमाम विज्ञापनदाता, लेखक, सहकर्मी र शुभेच्छुहरुले पुर्‍याएको अतुलनीय योगदानप्रति सधै आभारी छौं । यो दुई वर्षमा बाजुरा जिल्ला जस्तो दुर्गम क्षेत्रमा अनलाइन पत्रकारितामा नागरिक रैबार सशक्त माध्यमको रूपमा उदाइसकेको छ ।

हामीले दोसो वर्षमा अनलाईन पत्रकारितामा फरक अभ्यास सहित दुर्त गतिमा अगाडी बढ्ने कोसिस गरेका थियौं । अव तेस्रो वर्षमा त्यसलाई निरन्तरता दिनका लागि सदैव यहाँहरुको साथ, सहयोग र शुभेच्छा हामीलाई जरुरी पर्नेछ ।

नागरिक रैबार सूचना तथा विश्लेषणको खोजी गरी रहनेहरुका लागि छिनछिनको समाचार न्युज पोर्टल हो । यसमा राजनीतिक, सबै खालका सामाजिक विभेद विरुद्ध्, आर्थिक, शिक्षा, स्वास्थ्य, कला साहित्य, सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को गरिरहेका छौं ।

सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार पाठक वर्गलाई सम्प्रेषण गर्नु नागरिक रैबारको मूल आधार हुनेछ । नागरिक रैबार डटकमको दोस्रो वार्षिकोत्सव अवसरमा सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौ । हामीले नागरिक रैबार अनलाईनको दोस्रो वार्षिक उत्सव भव्य तरिकाले सम्पन्न गर्ने लक्ष्य राखेका थियौं तर विश्वभर फैलिएको कोरोना भाईरसका कारण हामीले वार्षिकोत्सवलाई भव्य बनाउन नसकेकोमा क्षमा चाहान्छौं ।

अन्तमा निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकतापूर्वक समाचार सामग्री प्रवाह गर्ने दायित्वबाट हामी कदापि विचलित हुने छैनौं । साथै हाम्रो सफलताको दुई वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने बाजुरा जिल्लाका ९ वटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरु, आमपाठकवर्ग, शुभेच्छुक, विज्ञापनदाता, पत्रकार तथा कर्मचारी सबैमा धन्यवाद दिन चाहन्छौं । हाम्रो यात्राका क्रममा तपाईंहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै अघि बढ्नेछौं ।
धन्यवाद !

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार