होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा २४ असोज। जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतका प्रस्तावित प्रहरी चौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने पाँच जनालाई सम्मानित गरिएको छ । नेपाल प्रहरीको ६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुराले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रहरीका लागि प्रस्तावित प्रहरी चौकी रिठा, आर्टीचौर र प्रहरी चौकी मौरेको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान […]
नागरिक रैबार/बाजुरा १६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुढीगंगा नगर संगठन कमिटीका सदस्यहरुले विहिबार शपथ ग्रहण गरेका छन् । बुढीगंगा नगरपालिकाको फालासेनमा आयोजित एक कार्यक्रमका विच नगर कमिटीका उपलव्ध सदस्यहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज माननीय लालबहादुर थापाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा नगर कमिटीका सदस्यहरुले जनताको जनमतलाई […]
नागरिक रैबार/बाजुरा ९ असोज। राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेले युवालाई उद्यमसिल बनाउन सरकारले आवश्यक लगानी गर्न आग्रह गरेका छन् । विहिबार बडीमालिका नगरपालिकाले मार्तडीमा आयोजना गरेको प्रथम युवा सम्मेलनमा बोल्दै नेता पाण्डेले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले यहाँका उद्यमशिल युवाहरुका योजनामा धेरै भन्दा धेरै लगानी गर्न आवश्यक रहेको बताएका […]
नागरिक रैबार/बाजुरा ८ असोज।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन बुधबारबाट सूरु भएको छ ।स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन सूरु भएको हो । बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा युवा शसक्तिकरण परियाेजना र सेभ द चिल्ड्रेन, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड […]
नागरिक रैबार/बाजुरा ५ असोज। बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं ८ माटाबाडामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ८ माटाबाडाका बादुरे बिष्टकी छोरी १६ वर्षीया कल्पना विष्टले आत्महत्या गरेका छन् । शनिबार घाँस काट्न गएकी किशोरी बेलुका सम्म घर नफर्किएपछि खोजी गरेको र खोजी […]
नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले […]
नागरिक रैबार/बाजुरा २७ भदौ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बाजुराका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका बाजुरा जिल्लाका सह– सेक्रेटरी दानबहादुर खड्का लाई प्रहरीले शुक्रबार दिउसो बुढीगंगा नगरपालिकाको वडा नं. ७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताएका छन् । प्रहरी निरिक्षक ढुंगानाका अनुसार […]
नागरिक रैबार/बाजुरा १४ भदौ। वडा स्वास्थ्य केन्द्रमा विरामीहरुको संख्यामा वृद्धि हुँदै आएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नं. ७ झालीमा रहेको वडा स्वास्थ्य केन्द्रमा विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । दुसित पिउने पानी र खानपानमा ख्याल नगरेका कारण स्वास्थ्य केन्द्रमा झाडापखाला र भाईरल ज्वरोका विरामीहरुको संख्या बढ्दै गएको स्वास्थ्य केन्द्रका अहेव मिनबहादुर […]
नागरिक रैबार/बाजुरा १४ भदौ । बाजुराका स्थानीय तहहरुमा जनप्रतिनिधीहरुको सुविधाका लागि खरिद गरिएका सवारी साधानहरु दुरुपयोग भईरहेको पाईएका छन् । यसै क्रममा बुढीगंगा नगरपालिकाका अधिकाँस मोटरसाइकलहरु दुरुपयोग भईरहेका छन् । नगरपालिकाको कामका लागि मोटरसाईकल खरिद गरिएका भएपनि वडा अध्यक्षहरुले आफ्नो निजी कामका लागि विदाको समयमा समेत प्रयोग गर्ने गरेको पाईएको छ । नगरपालिकाले नगरभित्रका सेवाग्राहीको […]
नागरिक रैबार/बाजुरा १ असार । बाजुराको बुढीगंगा नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिने भएको छ । । मंगलबार बसेको तेस्रो नगर सभाको बैठकले नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेको छ । नगरका ५२ जना सदस्यहरुले एकसाथ नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेका छन् । उनीहरुले राखेको प्रस्तावमा […]
नागरिक रैबार /बाजुरा २७ असार । लगातारको वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ मा रहेको जडिवुटी संकलन केन्द्रको भवन भत्काएको छ । विहिबार साँझ देखि परेको लगातारको वर्षासंगै भवन माथिबाट आएको बाढी÷पहिरोका कारण जडिवुटी संकलन केन्द्रको भवन भत्किएको स्थानीय मीनबहादुर कटुवालले बताएका छन् । बाढी र पहिरोका कारण भवनको पछाडिको पर्खाल भत्किएपछि जडिवुटी […]
दयाराम पण्डित, बाजुरा । त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बुढगंगा नदी थुनिदै आएको छ । बुधबार साँझवाट निरन्तर वर्षे झरी संगै पहाड खस्ने क्रम जारी छ । बुढिगंगा नदी थुनिदा नदी किनार आसपासका जनता त्रसित छन् । पहिरो खस्ने र नदी थुनीने क्रमम बढ्न थालेपछि सांफे–मार्तडी […]
हिमाली गाँउपालिका ६ धिम गाँउको भेडेमुल खानेपानि लाखौ भष्ट्रचार भएको पाईएको छ । अनुदान र श्रबदान गरि १ करोड बराबरको योजनामा लाखौ रुपैया अनियमित भएको खुलाशा भएको छ । खानेपानि योजना ५ सय परिवारलाइ लक्षित गरि निर्माण हुन लागेको हो । योजनाको मुहाँन गाँउ बाट १४ किलोमिटर टाढा रहेको छ । गाँउपालिकाकि उपाअध्यक्ष चन्द्रकला बुढाको […]
स्वामीकार्तिक गाउँपालिका वडा न मा बस्ने पुर्व बहादुर साहीले भेडा पालन गरेको लामो समय भयो उमेरले ६० बर्ष नाघीसकेका शाही अहिले एक सय भन्दा बढी भेडा पालिराखेका छन् । शाहीले पछिल्लो समयमा भेडा पालन ब्याबसाय लोप हुन थालेकाे बताएका छन् । बनजगलमा चराउने ठाउँ नहुदा र बिभिन्न रोगका कारण मर्न थालेपछि पछिल्लो समय उनि नेक्कै […]
बडिमालिका नगरपालिका ६ मा रहेको नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास केन्द्र र गौतम बालविकास केन्द्र जिल्लाकै नमुना बालविकास केन्द्रका रुपमा स्थापित भएका छन् । बाजुरामा जिल्लामा २ सय २३ वटा बालविकास केन्द्र रहेका छन् । धेरै ठाँउका वालविकास केन्द्र अब्यबस्थित र अलपत्र अबस्थामा छन्, तर ति दुई वालबिकास केन्द्र जिल्लामै उत्कृष्ट र नमुना बालविकास केन्द्रका रुपमा […]
बाजुराको बुढिनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ । बुढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ बर्षिया रमिला रोकायाको साल अड्किएपछि सनिबार उपचारको लागि हेलिकप्टर मार्फत कोहलपुर मेडकिल कलेज लगिएको सामाजिक बिकास मन्त्री कुृष्ण सुबेदीका सोगिय सचिव लोकेन्द्र धामीले बताएका छन् । सामाजिक बिकास मन्त्री कृष्ण सुबेदीको निर्देशनमा उनलाइ सेनाको हेलीकप्टर मार्फत कोहलपुर लगीएको धामीले बताएका छन् […]
बडिमालिका न.पा. वडा नं. ९ की पुनी चदारा माटोको ढिस्कोमा पुरीएकी अबस्थामा प्रहरीले उद्धार गरेको छ । बडीमालिका नगरपालिका ८ रानीवन स्थित सिचाई कुलो खनीरहेको अवस्थामा पुनी चदारा माथीबाट माटोको ढिस्को आएर पुरीएकी प्रहरीले बताएको छ । सोही कुलो खनीरहेका स्थानियले माटोको ढिस्को पुरीएको खवर जिल्ला प्रहरी कार्यालयमा जानकारी आउनसाथ प्रहरीको रिस्कयू टोलीद्धारा उद्धार गरिएको […]
गौमुल गाउँपालिकामा आलु चिप्स बनाउने तालिम सम्म्पन भएको छ । गौमुल गाउँ पालिकाको आयोजना र ग्रामीण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा सो तालिम सम्पन्न भएको हो । बिकासको हिसाबमा जिल्लाको उत्कृष्ट गाउँ पालिका मानीदै आएको गौमुलमा नयाँ कामको थालनिले गाउँमा स्वरोजगार र यसले आर्थिक रुपमा अगाडी बढ्ने गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताए । गौमुल गाउँपालीका […]
बडिमालिका नगरपालिका ८ बस्ने ३० बर्षकि पारु रावललाई गर्भपतन पछि रक्क्तस्राब भयो । उनलाई अत्याधिक रक्क्तस्राबले बेहोस अबस्था पुगिन् । उनलाई ए पोजेटिभ आबश्यकता थियो । रगतका लागि चारै तिर गुहार गर्यौ, प्रहरी कार्यलयमा खबर गर्दा २ दिन अगाडी डिएसपी उद्धबसिहं भाटले रगत दिएको र फेरी उनलाई रगतको मात्रा आबस्यक परेकोले जिल्ला प्रहरी कार्यालयमा कार्यरत […]
समृद्ध नगर बनाउनका लागि खेलकुद क्षेत्र आवश्यक रहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले बताएका छन् । युवा सक्षम भए नगरपालिकाको विकासमा टेवा पुग्ने नगर प्रमुख रावलले बताए । उनले खुलकुद क्षेत्रलाइ आफ्नो नगरपालिका पछाडी नहटाउने बताएका छन् । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद ,सवैका लागी खेलकुद भन्ने मुल नाराका साथ त्रिवेणी नगरपालिकामा दोस्रो […]