होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • प्रहरीलाई निःशुल्क जग्गा दिने पाँच जना सम्मानित
बुढीगंगा

प्रहरीलाई निःशुल्क जग्गा दिने पाँच जना सम्मानित

  • नागरिक रैबार
प्रहरीलाई निःशुल्क जग्गा दिने पाँच जना सम्मानित

नागरिक रैबार/ बाजुरा २४ असोज। जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतका प्रस्तावित प्रहरी चौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने पाँच जनालाई सम्मानित गरिएको छ ।

नेपाल प्रहरीको ६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुराले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रहरीका लागि प्रस्तावित प्रहरी चौकी रिठा, आर्टीचौर र प्रहरी चौकी मौरेको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने पाँच जना जग्गा धनिहरुलाई सम्मानित गरिएको हो ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय बाजुराको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रस्तावित प्रहरी चौकीका लागि निःशुल्क जग्गा उपलव्ध गराउने रिठा बजारका होमनाथ जोशी, योगमाया जोशी, त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको आटीचौरका गोपाल सिंह, राजेश सिंह र त्रिवेणी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिन भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले कदर पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

प्रहरीले ६४ औं प्रहरी दिवस २०७६ को अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरु एवम् पूर्ब प्रहरी कर्मचारीहरुमा शुभकामना, वीर अमर प्रहरीहरुमा हार्दिक श्रद्धाञ्जली, कर्तव्य पालनाको क्रममा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवस मनाईएको हो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष काल्चे दमाइको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट, प्रहरी निरिक्षक जनकराज ढुंगाना, लोकेन्द्र सिंह गूरु लगायत प्रहरीका अन्य कर्मचारीहरु र प्रहरी चौकीलाई निःशुल्क जग्गादान गर्र्ने जग्गादाताहरुको सहभागिता रहेको थियो ।

Image may contain: 7 people, including Uddhab Singh Bhat, people standing and suit

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार