होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • रोजगार
  • युवालाई उद्यमशिल बनाउन सरकारले लगानी गर्नुपर्छः नेता पाण्डे
रोजगार

युवालाई उद्यमशिल बनाउन सरकारले लगानी गर्नुपर्छः नेता पाण्डे

  • नागरिक रैबार
युवालाई उद्यमशिल बनाउन सरकारले लगानी गर्नुपर्छः नेता पाण्डे

नागरिक रैबार/बाजुरा ९ असोज। राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेले युवालाई उद्यमसिल बनाउन सरकारले आवश्यक लगानी गर्न आग्रह गरेका छन् ।

विहिबार बडीमालिका नगरपालिकाले मार्तडीमा आयोजना गरेको प्रथम युवा सम्मेलनमा बोल्दै नेता पाण्डेले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले यहाँका उद्यमशिल युवाहरुका योजनामा धेरै भन्दा धेरै लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

विज्ञापन

उहाँले बाजुरेली युवा उद्यमीहरुलाई स्थानीय सरकारको यस कार्यक्रमबाट प्रोत्साहन मिल्नुका साथै उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचान गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधन र सोचको विकास गराउने उद्धेश्यका साथ बाजुराको सदरमुकाम मार्तडीमा प्रथम युवा उद्यमी सम्मेलनको आयोजना गरिएको हो ।

स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ बुधबारबाट संचालन भएको दुईदिने युवा उद्यमी सम्मेलन विहिबार सम्पन्न गरिएको थियो ।

बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा÷ सेभ द चिल्ड्रेन युवा शसक्तिकरण परियोजना, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड स्किल डेप्लपमेन्ट इन्ष्टिच्युटको आर्थिक सहयोगमा उक्त दुईदिने युवा सम्मेलन मार्तडीमा संचालन गरिएको थियो ।


बाजुराका युवाहरुको उद्यमशीलतामा वृद्धि गर्ने र यहाँका सम्भावित उद्योग व्यवसायीहरुलाई व्यवसायमा थप प्रोत्साहन गर्न पहिलोपटक युवा सम्मेलनको आयोजना गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् ।
यो सम्मेलनले जिल्ला भित्रका युवाहरुमा उद्यम गर्ने उत्साह र उद्यम व्यवसाय प्रति युवाहरुको आत्मबिश्वास बढ्ने बडीमालिका नगरपालिकाले विश्वास लिएको छ ।

कार्यक्रममालाई थप उत्साह र उद्यम व्यवसायमा युवा माझ जनचेतना फैलाउनका लागि राष्ट्रिय हाँस्य व्यंग्य कलाकार कमल गाउँले, देउडा गायिका सोभा थापा, गायक प्रकाश थापा र मालिका माविको साँस्कृतिक समूहले विभिन्न जनचेतनामुलक साँस्कृतिक प्रस्तुतिहरु समेत राखेका थिए ।


कार्यक्रममा युवा तथा उद्यमशिलताको क्षेत्रमा क्रियाशिल युवा उद्यमीहरुलाई प्रसंसा पत्र समेत प्रदान गरिएको थियो ।
युवा सम्मेलनमा तिन ओटा नगरपालिका बडीमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकाका करिव १ सय भन्दा बढी युवा उद्यमीहरुका साथै पाँच सय बढी दर्शकहरुले सम्मेलनलाई प्रत्येक्ष अवलोकन गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार