होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • रोजगार
  • मार्तडीमा युवा उद्यमी सम्मेलन सूरु
रोजगार

मार्तडीमा युवा उद्यमी सम्मेलन सूरु

  • नागरिक रैबार
मार्तडीमा युवा उद्यमी सम्मेलन सूरु

नागरिक रैबार/बाजुरा ८ असोज।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन बुधबारबाट सूरु भएको छ ।स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन सूरु भएको हो ।

बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा युवा शसक्तिकरण परियाेजना र सेभ द चिल्ड्रेन, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड स्किल डेप्लपमेन्ट इन्ष्टिच्युटको आर्थिक सहयोगमा उक्त सम्मेलन मार्तडीमा सूरु भएको हो ।
सम्मेलनको पहिलो दिन बडीमालिका नगरपालिकाको वस्तुस्थितिको बारेमा जानकारी, सफल उद्यमीमा हुनुपर्ने गुण, उद्यमी युवाहरुलाई मार्केटिङ्ग कसरी गर्ने भन्ने विषयमा जानकारी त्यस्तै युवा उद्यमी र मिडिया संगको समन्धका बारेमा जानकारी र उद्यम व्यवसाय विस्तारमा सूचनाको भुमिका बारे जानकारी गराईएको छ ।

विज्ञापन

युवाहरुलाई बाजुरामै केही सीपहरु सिकेर आयआर्जन गरी आत्मनिर्भर बन्न सजिलो होस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरीएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन् ।
सम्मेलन कार्यक्रमको एक कार्यक्रमका विच राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्धघाटन गरेका हुन । उद्घाटन कार्यक्रम बोल्दै पाण्डेले देशको विकास निर्माणमा उद्यमी युवाहरुको जोश जाँगर अति आवश्यक रहेको बताएका छन् । उहाँले युवाहरुले नै देशलाई परिवर्तन गर्न सक्ने भएकाले सरकारले युवाहरुलाई उचित किसिमको रोजगारमुलक कार्यक्रमहरु ल्याएर युवाहरुमा लगानी गर्न आवश्यक रहेको बताए ।

युवा सम्मेलनमा तिन ओटा नगरपालिका बडीमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकाका करिव १ सय भन्दा बढी युवा उद्यमीहरुको सहभागीता रहेको छ । कार्यक्रमको दोस्रो दिन विहिबार युवा उद्यमीहरुले आफ्नो सिपमार्फत निर्माण गरेका विभिन्न आयआर्जनमुलक सामाग्रीहरुको प्रर्दशनी गरिने भएको छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा वृहत साँस्कृतिक कार्यक्रम समेत संचालन गरेर युवा उद्यमी सम्मेलनको समापन गरिने आयोजक बडीमािलका नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार