होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • मदिरा सेवन गरी होहल्ला गर्ने ५९ जना प्रहरीको नियन्त्रणमा
अपराध

मदिरा सेवन गरी होहल्ला गर्ने ५९ जना प्रहरीको नियन्त्रणमा

  • नागरिक रैबार
मदिरा सेवन गरी होहल्ला गर्ने ५९ जना प्रहरीको नियन्त्रणमा

नागरिक रैबार/बाजुरा २ मंसिर। जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरि होहल्ला गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एकैदिनमा ५९ जनालाई नियन्त्रणमा लिएको छ ।

मंसिर १ गते लागेको पञ्चमी मेलालाई भाड्ने उद्देश्यले मेलामा मदिरा सेवन गरेको आरोपमा बुढीगंगा नगरपालिकाको बाह्रविसबाट २९ जना बढीगंगाकै टाँटेबाट १७ जना, सदरमुकाम मार्तडीबाट ६ जना र त्रिवेणी नगरपालिकाको छताराबाट ७ जना गरी ५९ जनालाई एकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

मदिरा सेवन गरेर होहल्ला गर्ने उनीहरुलाई सम्वन्धित स्थानीय तहमा मदिरा सेवन अन्तरगतको जरिभाना पछि छोडिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

गएको कार्तिक महिनामा पनि ५३ जना मदिरा सेवन गरि होहल्ला गर्नेलाई कारवाही गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
डिएसपी उद्धवसिंह भाटको बाजुरा प्रवेश पछि जिल्लाका अधिकाँस स्थानीय स्तरमा लाग्ने विभिन्न मेला, पर्वहरु शान्तीपूर्ण तरिकाले सम्पन्न भईरहेका छन् ।

मदिरा सेवनकै कारण समाजमा विभिन्न किसिमका घटनाहरु घट्ने भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा नियन्त्रण अभियानमा सक्रियताका साथ अघि बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार